लागुऔषध सञ्जाल फैलाउँदै कारोबारी
१८ असार २०७९
•
३ मिनेट पाठ
लागुऔषध सञ्जाल फैलाउँदै कारोबारी
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले झन्डै ५६ किलोग्राम हेरोइनसहित १० जना विदेशीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको केही दिन मात्र बितेको छ। यसले विश्वभर प्रतिबन्धित ‘लागुऔषध’ कारोबारीले नेपालको बाटो भएर अवैध बजारमा पुर्‍याउने गरेको खुलासा भएको छ। यस्तो कहिलेदेखि भनेर प्रहरीले पूर्णतः पुष्टि गरेको छैन। यसपटक र विगतका केही उदाहरणले तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्याइएको लागुऔषध भूमिमार्ग हुँदै भारततर्फ जाने गरेको देखाएको छ। यसले लागुऔषधका लागि नेपाली भूमि ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग भएको प्रस्ट हुन्छ।




लागुऔषधसँग जोडिएको ‘चिन्ता’  

यो मात्र होइन। नेपालभित्रै हुने लागुऔषधको प्रयोग र अवैध कारोबारको चिन्ता झन् विकराल छ। नेपाल प्रहरीको लागुऔषध ब्युरोले राखेको पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा यसको कारोबार र दुर्व्यसनीको अवस्था भयावह देखाउँछ।

७० महिनामा ४८ हजार किलो बरामद

लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार पछिल्ला आर्थिक वर्ष २०७३/७४ देखि चालु आवको वैशाखसम्मको ७० महिनामा झन्डै ४८ हजार किलोग्राम लागुऔषध बरामद भएको छ। जसमध्ये गाँजा र चरेसको मात्रा सबैभन्दा बढी छ, जुन नेपालमै उत्पादन हुन्छ। यस अवधिमा नेपाल प्रहरीले ३८ हजार ९ सय ९५ किलो ५ सय ११ ग्राम गाँजा बरामद गरेको छ। जसमध्ये आव २०७५/७६ मा मात्रै १० हजार १ सय ७५ किलो २ सय २२ ग्राम गाँजा बरामद भएको तथ्यांक छ। ७० महिनामा ७ हजार ७ सय ७७ किलो ८ सय ९२ ग्राम चरेस बरामद भएको छ। यस्तै सोही अवधिमा ५ सय ३६ किलो ७ सय ७० ग्राम अफिम बरामद भएको छ। तर पछिल्लो एक साताको अवधिमा ७० महिनामा बरामद भएको हेरोइनको रेकर्ड तोडिएको छ। पछिल्लो एक सातामा झन्डै ५६ किलो हेरोइन बराबमद भएको छ। ७० महिनाकोे अवधिमा २६ किलो ६ सय ६० ग्राम कोकिन र ५३ किलो ३ सय ३३ ग्राम हेरोइन बरामद भएको तथ्यांक छ।

हेरोइन र कोकिन भने बाहिरबाट नेपाल भित्याइएको हो। जसमध्ये अधिकांश नेपालको बाटो हुँदै तेस्रो मुलुक जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। ‘हेरोइन र कोकिनको प्रयोग नेपाली दुर्व्यसनीले पनि गर्छन्। लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ भन्छन्, ‘गाँजा, चरेस र अफिम पनि अधिकांश नेपालबाट बाहिरिन लागेकै अवस्थामा बरामद भएको देखिन्छ।’ नेपाली दुर्व्यसनीको हकमा सबैभन्दा भयानक विषय प्रतिबन्धित औषधिको प्रयोग बनेको छ। जसमा बुप्रेनोर्फाइन, डाइजेपाम, नाइट्रोभेट, करेक्स/डाइलेक्स डिसीलगायत औषधि छन्। यस्तो औषधि नशाका लागि ट्याबलेट र सिरिन्जमा प्रयोग हुन्छ। ७० महिनाको अवधिमा १९ लाख ६४ हजार ७ सय १७ वटा प्रतिबन्धित औषधि बरामद भएको छ। थप ५ सय ४ किलो पनि यस्तै प्रकृतिका अन्य प्रतिबन्धित औषधि प्रहरीले बरामद गरेको देखिन्छ।

पक्राउ परेका २७ हजारमा ९८२ जना विदेशी

७० महिनाको अवधिमा नेपालमा लागुऔषधको प्रयोग र ओसारपसारमा संलग्न भएको आरोपमा २७ हजारजना पक्राउ परेको तथ्यांक छ। जसमा ९ सय ८२ जना विदेशी र २६ हजार ४ सय ६२ जना नेपाली छन्। ब्युरोको अध्ययनअनुसार पक्राउ परेका विदेशी नागरिकमा अधिकतर लागुऔषधको अवैध कारोबारी हुन्। ‘विदेशी नागरिकमध्ये अधिकतर कारोबारी र नेपालको बाटो हुँदै भारततर्फ लागुऔषध लैजाने नै हुन्,’ ब्युरोका निमित्त प्रमुख एसपी श्रेष्ठ भन्छन्, ‘केही नेपालभित्रै कारोबार गरिरहेका र प्रयोगकर्ताका रूपमा पक्राउ परेका पनि छन्।’

तर पक्राउ परेका नेपाली भने लागुऔषधका कारोबारी र प्रयोगकर्ता बराबरीजस्तै रहेको उनी बताउँछन्। ‘पक्राउ नेपाली भने प्रयोगकर्ता र कारोबारी दुवै छन्,’ उनले भने। यसरी पक्राउ परेका नेपालीमा किशोरकिशोरीको संख्या उल्लेख्य रहेको स्रोत बताउँछ। यसले लागुऔषधको कारोबार र दुर्व्यसनमा किशोरकिशोरीको डरलाग्दो संलग्नता देखाएको छ।

किशोर र युवा उमेरमै लागुऔषधजस्तो दुर्व्यसनमा फस्दा मनोसामाजिक तथा शारीरिक स्वास्थ्यमा समस्या पैदा हुने, समाजमा आपराधिक घटनाहरूमा बढोत्तरी आउनेलगायत समस्या बढ्ने जानकार बताउँछन्। ‘नेपालमा अपराधका घटनाको अवस्था हेर्दा नशा र दुर्व्यसन नै मुख्य कारण देखिन्छ,’ एसपी श्रेष्ठ भन्छन्, ‘यही परिवेशमा लागुऔषधको प्रयोग र कारोबार बढ्नुले निश्चय नै अपराधलाई बढावा दिन्छ।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस