लगातार वर्षाको दुस्प्रभावः उदयपुरको कटारी १० मा ७ घरधुरी विस्थापित
१६ असार २०७९
•
६ मिनेट पाठ
लगातार वर्षाको दुस्प्रभावः उदयपुरको कटारी १० मा ७ घरधुरी विस्थापित
गाईघाटनजिकै खहरेमा उर्लेको बाढीले कटान गर्दै। तस्विरः महेश्वर/नागरिक
लगातार ४८ घण्टाको वर्षाका कारण उदयपुरमा बाढी पहिरो र कटानले जताततै जोखिम निम्त्याएको छ। गएको २ सातायता १–२ दिन बिराएर भारी वर्षा हुदै आएपछि पहाडी भेगका सडकहरु भत्कने र हिलाम्य हुँदा यातायात सञ्चालन कठिनाई हुदै आएकोमा मंगलबारदेखि परेको लगातार वर्षाले डुबान, कटान र पहिराले बस्ती बिस्थापित गर्ने अवस्था सिर्जना गरेको हो।  




४८ घण्टा बढीको वर्षाले सदरमुकाम त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका स्थानीय नदी खोला खहरेहरुमा बाढी उर्लेर डुबान र कटान सुरु गरेको छ भने सडकहरु भत्केर याताायत अवरुद्ध हुन थालेका छन्। पहाडी भेगका सडकहरुसँगै मदन भण्डारी लोकमार्गसमेत पहिरोले यातायात अवरुद्ध पारेको छ।  

त्यसैगरी लगातारको वर्षाले सबभन्दा बढी समस्या कटारी नगरपालिका १० को तिल्केनी चौरमा पारेको छ। कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले तिल्केनी चौर बस्तीमा पहिरो जाने जोखिम बढेको बताए। १७ घरधुरी रहेको सो बस्तीको बीच भागमा चिरा परेर पहिरो जाने जोखिम बढेपछि उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने बारे तयारी सुरु भएको मेयर श्रेष्ठले बताए। तिल्केनी चौरलाई पहिरोको जोखिममा पारेपछि १७ मध्ये ७ घरधरी गाउँलेलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन नगरपालिका, नेपाल रेडक्रस सोसाईटी र जिल्ला बिपत व्यवस्थापन समितिसँग समन्वय भईरहेको मेयर श्रेष्ठले बताए।  

श्रेष्ठले जोखिमा परेका ७ परिवारलाई सुरक्षित ठाउँमा सार्न आवश्यक जमिनको खोजी भईरहेको बताए। त्यसका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, रेडक्रसका अधिकारीहरुसँग नगरपालिकाले छलफल थालेको छ। रेडक्रससँग मिलेर अघि बढ्दा दीर्घकालीन उपाय निकाल्न सकिने भएकाले त्यसै गर्न लागिएको उनलेब ताए। ४८ घण्टाको वर्षाले बिपत निम्त्याउने संकेत देखाएको र अझै केही घण्टा वर्षा नरोकिएमा तिल्केनी चौर पहिरोले लाने उच्च जोखिम भएकाले तत्काल सारिहाल्नु पर्ने अवस्था रहेको वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए।  

यता त्रियुगा नदीमा पछिल्लो २४ घण्टायता ह्वात्तै शाढी बढेर जताततै डुबान र कटानको जोखिम बढाएको छ। त्रियुगासँगै आसपासका बरुवा, लुहाले, ठाडी, बगाहा, सरस्वती, शाही, कङलगायत खोला खहरेको बाढी बस्ती र बजार पसेर डुबान र कटान थालेको छ। वर्षाले पहाडी भेगमा पहिरो जाने तथा तराईभेगमा कटान र डुबान गर्ने जोखिम बढाएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।  

प्रमुख जिल्ला अधिकारी यादवले त्रियुगा र बरुवाले सदरमुकामका केही भाग डुबानमा पारेको  र कतिपय ठाउँमा कटानको समस्या निम्त्याएको बताउँदै सुरक्षाका लागि आवश्यक जनशक्ति व्यवस्था गर्न सम्बन्धित स्थानीयतहका जनप्रतिनिधि र रेडक्रससँग समन्वय भईरहेको बताए। बाढी पहिरोको बढ्दो जोखिम रोक्न जिल्ला बिपत् व्यवस्थापन समितिमाहतका सबै अंगहरुलाई सक्रिय बनाएर पूर्व तयारीमा लागेको सिडिओ यादवले बताएका छन्।  

बाढीले त्रियुगासँगै कटारी, बेलका र चौदण्डीगढी नगरबासीलाई पनि उत्तिकै प्रभावित पारेको छ। बेलका नगरपालिकाका गिनेरी, सेती, काली, शिसुवा खोलाहरुमा बाढी उर्लेर जनजीवन प्रभावित पारेको स्थानीयले बताएका छन्। दिनहुँजसो पर्ने पानीले ससाना खोला खहरेहरुमा पनि बाढी आएर बस्ती र खेत पस्दा भर्खर गरेको रोपाँई र रोपाईका लागि राखेको व्याड बगाउने डुबाउने गरेर किसानलाई क्षति पुर्‍याएको छ।  

बेलकाका स्थानीय खोला खहरेले वडा नं. २ र ३ मा पर्ने कोसी टप्पु, श्रृलङ्का टप्पु र बान्डाँडा क्षेत्रमा कटान र डुबान भईरहेको छ। बेलकाका १, २, ३, ४, ५ र ८ नं. वडाहरु वर्षाले बढी प्रभावित पार्ने ठाउँहरु हुन्। त्यसैगरी छिमेकी चौदण्डीगढी नगरपालिकाबासीलाई पनि बाढीले दुःख दिन थालेको छ। चौदण्डीगढीका २, ३ र ४, ५ नं. वडा तथा ६ र ७ नं. को बेलटार, ९ र १० नं. को हडिया क्षेत्र पुरै प्रभावित भएका छन्।  

पहाडी भेगका गाउँपालिकाहरु पनि वर्षाले अति प्रभावित भएका छन्। पहाडी भेगका लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाका भित्री सडकहरु र सदरमुकाम जोड्ने बाटा सबै भत्काएर चौपट पारेको छ। कच्ची र अव्यवस्थित सडकहरु निरन्तरको वर्षाले ठाउँठाउँमा भत्काउनुका साथै पहिरो जाँदा यातायात अवरुद्ध भएपछि सदरमुकामसम्म आउजाउ बन्द भएको छ।  

सदरमुकामसँग रौतामाई जोडिने गाईघाट–मुर्कुची–भुट्टार खण्डको सडक बिग्रेर आउजाउ ठप्प भएको छ भने भुटुटार–लाफागाउँ–जाँते खण्डको सडक भत्कदा रौतामाई र लिमचुङबुङबीच आउजाउ रोकिएको छ। त्यस्तै गाईघाट–पुँवारे–माझखर्क–बाराहा सडक दर्जनौ ठाउँमा भत्केर गाईघाट र लिमचुङबुङबीचको यातायात सम्बन्ध ४ दिनदेखि बन्द हुन पुगेको छ। मुर्कुची–माझखर्क खण्डको सिन्कौलेमा झण्डै ३ सय मिटर दुरीमा ठाउँठाउँ पहिरो जाँदा ४ दिनयता सानाठूला यातायात कुनै चल्न सकेको छैन।  

यता खोटाङ र उदयपुर जोड्ने सगरमाथा लोकमार्गको गाईघाट–फोक्सिन्टारसँग जोडिएको फोक्सिन्टार–रसुवा–चनौटे हुँदै लिमचुङबुङ जोड्ने कच्ची सडकहरु पनि कुनै चालु हालतमा छैनन्। सो खण्ड भएर लिमचुङबुङका ५ नंं. जाँते, ४ नं. वडा बलम्ता, २ र १ को ताम्लिछा र बाँसबोटे भएर गाउँपालिका केन्द्र बाराहा पुग्ने बाटो सबै अवरुद्ध हुन पुगेको बस चालक चुमार राईले बताए। उनका अनुसार वर्षा सुरु हुन थालेदेखि नै ठूलो गाडी चल्न छाडेको सो खण्डमा बोलेरो जिप पनि ४ दिनयता चल्न नसक्ने भएपछि गाउँ–बजार आउजाउ रोकिन पुगेको छ।

त्यसैगरी पश्चिमतर्फ कटारी–बेतिनी–ताप्ली खण्डका कच्ची सडकहरु सबै भत्केर जिर्ण हुन पुग्दा ३ दिनयता यातायात ठप्प भएको छ। धेरै ठाउँमा हिलो जम्नुका साथै पहिरोले सडक पुरेकाले मोटरसाईकलसम्म चल्न नसक्ने अवस्था भएपछि सदरमुकामसँग लिमचुङबुङ गाउँपालिका र रौतामाईको सम्बन्धी बिच्छुद हुन पुगेको छ। उदयपुरगढी गाउँपालिका भने मदन भण्डारी लोकमार्गले छोएको हुनाले सदरमुकामसँग सम्पर्कमा भए पनि वडा जोड्ने आन्तरिक सडकहरु भने भत्केर आउजाउ गर्न मुस्किल अवस्थामा पुगेका छन्।  

समयमै सडकको आवश्यक मर्मत नगर्नाले यस्तो समस्या वर्षेनी भोग्नु पर्ने जिल्लाबासीको गुनासो छ। सडकहरुको दीगो व्यवस्थापन गर्ने विषयमा सरोकारवाला निकाय र व्यक्तिले आवश्यक चासो र जिम्मेबारी नलिँदा हरेक साल वर्षाकहर खेप्नुपर्ने उनीहरुको गुनासो छ।

मदन भण्डारी सडकमा पहिरो  

३ दिनयताको लागतार वर्षाका कारण मदन भण्डारी लोकमार्गमा पहिरो जाँदा केही घण्टा यातायात अवरुद्ध हुन पुग्यो। लगातारको वर्षाले लोकमार्गको गाईघाट–नेपालटार खण्डमा पर्ने त्रियुगा नगरपालिका ७ तोरीबारीको झोलुंगे पुलनजिकैको ढिस्को खसेर सडक पुर्दा यातायात आवागमन रोकिन पुगेको हो।

पहिरो खसेर सडक अवरुद्ध हुन पुगेपछि पूर्वका बिभिन्न ठाउदेखि गाईघाट हुँदै काठमाडौंसम्म जाने तथा काठमाडौंदेखि फर्केका सयौं साना ठूला सवारी साधन रोकिन पुगे। वर्षा भईरहेकै बेला मंगलबार दिउसो सडकमाथिको अग्लो ढिस्को खसेर पुरिदा यातायात साधन रोकिन पुगे।  

स्थानीय प्रत्यक्षदर्शीका अनुसार धन्न कुनै गाडी नचलेको बेला परेकाले पहिरो खस्दा जनधनको क्षति भने हु्न पाएन। निरन्तर गाडी आउजाउ भईरहने मदन भण्डारी सडकमा वर्षाकै कारण केहीबेर गाडी नचलेको बेला परेकाले अप्रिय घट्ना हुन नपाएको तोरीबारीका स्थानीयले बताए। पहिरो खसेर सडक अवरुद्ध भएपछि स्थानीयले प्रहरीलाई खवर गरेपछि आएको प्रहरी र सशस्त्रको टोलीले २ घण्टा लगाएर पहिरो पन्छाएपछि साँझदेखि सडक खुल्ला भएको छ।  

त्रियुगा शीरमा पर्ने सो ठाउँ खोला किनारमै पहाड काटेर सडक निर्माण गरिएकाले केहीबेर वर्षा हुनेबित्तिकै पहिरो खस्ने गरेको स्थानीयले बताए। स्थानीयका अनुसार यो सहित त्यहाँ पहिरो खसेको चौथो पटक हो। यसअघि ३ पटक पहिरो खसेर बाटो अवरुद्ध गरिसकेको छ। ससाना ढुंगा मिसिएको ग्यारग्यारे माटो भएको पहाड काटेर सडक निर्माण गरेकाले सो ठाउँमा बारम्बार पहिरो खस्दै आएको छ। मदन भण्डारी लोमकार्ग कार्यालयले त्यसको दीर्घकालीन मर्मत गर्नेबारे योजना बनाउने जनाएको छ।  

लोकमार्ग कार्यालय प्रमुख (सिडिई) गोपाल खकुरेलले त्यहाँ धेरैचोटी पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी आएको भन्दै दीर्घकालीन तरिकाले समाधान निकाल्न पहाडलाई केही माथिसम्म काटेर पहिरो झर्न नदिने बनाउनुपर्ने बताए। त्यसका लागि लोकमार्ग निर्माण कम्पनीसँग छलफल गरेर योजना बनाउने खकुरेलले बताएका छन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस