बजेट परिमार्जनको माग गर्दै आन्दोलित मोरङका उद्योगी र बजदुरहरूले आन्तरिक राजस्व कार्यालय विराटनगरको गेटमा प्रदर्शन गरेका छन्। शुक्रबार बिरोध र्यालीसहित आन्तरिक राजस्व कार्यालय पुगेका उद्योगी र मजदुरहरूले आन्तरिक राजस्व कार्यालयको गेटमा प्रदर्शन गरेका हुन्।
केही बेरको धर्ना र बिरोध प्रदर्शन पछि कोणसभा गर्दै उद्योगी र मजदुरहरूले बजेटमा एउटा उद्योगलाई पोस्ने र बाँकी सबे उद्योग बन्द गराउने गरी गरिएको नीतिगत व्यवस्था परिमार्जन गर्न माग गरे। कोणसभालाई सम्बोधन गर्दै उद्योगी र मजदुरका प्रतिनिधिहरूले सरकारले आफूहरूको आन्दोलनलाई वेवास्था गरे आन्दोलनका कार्यक्रमलाइ थप कडा बनाउँदै लैजाने चेतावनी दिए।
कार्यक्रममा मजदुर नेता किशोर धमलाले सरकारले कुनै एउटा उद्योगलाई पोस्ने र सबै उद्योगलाई बन्द गर्ने गरी ल्याएको नीतिको बिरोधमा उत्रिनु परेको बताए। उनले बजेट परिमार्जन नगरे प्रदेश १ का सबै मजदुर अर्थमन्त्रीविरुद्ध उत्रिने चेतावनी दिए। उनले अर्थमन्त्रीको विरुद्धमा राजमार्ग नै बन्द गरेर आन्दोलन चर्काउने बताए।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले उद्योगीको माग पूरा नगरे आन्दोलन चर्काउँदै लैजाने बताए। उनले चुनाव नजिक आउँदै गरेकाले उद्योग बन्द गरेर मजदुरलाई वेरोजगार बनाउने खोज्नेहरूको जनताले लेखाजोखा गर्ने प्याकुरेलको भनाई छ। सरकारले बजेटमा गरेको नीतिगत व्यवस्थाले जिआइ वायर, सेनेटरी प्याड र वनस्पति घीउ उद्योगहरू बन्द हुने भन्दै उद्योगी र मजदुरहरू आन्दोलित भएका हुन्।