हुल्दीवासीलाई पहिरोको चिन्ता
०९ असार २०७९
•
३ मिनेट पाठ
हुल्दीवासीलाई पहिरोको चिन्ता
बर्खा लाग्यो की हुल्दीवासीको मनमा चिसो पस्छ। गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ। बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएकाले उनीहरुलाई बर्खा लागेपछि पहिरोले पिरोल्ने गरेको हो। सानोतिनो पहिरो वर्षौं पहिलेदेखि झदै आएको हुल्दी गाउँमा २०७३ असारमा परेको पानीले धेरै स्थानमा पहिरा जनाका साथै घरहरु पनि चर्किएका थिए।




जब वर्षायाम सुरु हुन्छ तब उनीहरुमा मरिन्छ की भन्ने चिन्ताले पिरोली रहन्छ। हिउँदको समय बस्तीमा त्रास कम भए पनि ठूलो वर्षा हुनासाथ भयले उनीहरुको मन ग्रस्त हुन्छ। बर्खालागेपछि कतै पहिरोले गाउँनै बगाउने पो हो की भनेर हुल्दीबासी रातभर सुत्न सक्दैनन्। हुल्दी गाउँ चारैतिरबाट पहिरोले घेरिएको हुँदा कतै सुरक्षित भएर बस्न सक्ने अवस्था नभएका करण त्यहाँका बासिन्दा  विस्थापित हुने अवस्थामा पुगेका छन्।

लगातार ठूलो वर्षा हुन थाल्यो भने यहाँका अधिकांश मानिस आफ्ना पशुचौपाया लिएर गाउँभन्दा माथिको जङ्गलको दह भन्ने स्थानमा अस्थायी बसोबास गर्न बाध्य हुने पहिरोपीडित चन्द्रबहादुर सिञ्जाली मगरको गुनासो थियो। उनले हिउँदमा जसोतसो गाउँमै बस्नु बस्ने गरेको र बर्खा लागेपछि पहिरो छल्न घरमाथिको जङ्गलमा बस्नुपर्ने अवस्था रहेको बताए।

हुल्दी गाउँमा साना ठूलो गरी करिब १०० स्थानमा पहिरो गएको छ। जमिन पहिरोले चिराचिरा परे पनि कतिपय स्थानीयवासी ज्यान हत्केलामा राखेर गाउँमै बस्न विवश छन्। गाउँमा हरेक वर्ष पहिरोले घर र खेतबारी बगाउने गरेको छ। सिङ्गो गाउँनै पहिरोको उच्च जोखिममा परेपछि भूगर्भविदले यसको अध्ययन गरेर बस्न नमिल्ने निचोड निकालिसके पनि स्थानीयवासी विकल्प नपाउँदा सोही स्थानमा बस्दै आएका छन्।

हुल्दी गाउँसँगै देवीस्थानको खारा बजार, खाडु बजार, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ। स्थानीयवासीले गाउँ छोड्न सकेका छैनन्। निसिखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी बाढीपहिरो पीडित पालिका हो। उक्त पालिकामा २८२ घरपरिवार पहिरोले विस्थापित भएका छन्। त्यहाँ रहेका घरमध्ये २६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको निसिखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले  बताए।

गाउँपालिका–१ को देवीस्थान, खारा बजारका ४१ घर, हुल्दी गाउँका १०० घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थान्तरण गर्नुपर्ने अवस्थामा रहेको छ। वडा नं ४ का तीन घर वडा नं ५ का ८ घर, वडा नं ६ का ४ घर र वडा नं ७ मा सातवटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।

ती घरलाई ग्याबिन निर्माण वा अन्यत्र व्यवस्थापन गरेर सुरक्षित गर्न सकिने विकल्प रहेपनि सरकारले आफूहरुको समस्या बुझ्न र समाधानमा बेवास्ता गरेको स्थानीयवासीको भनाइ थियो। पहिरोले गाउँ छियाछिया पारे पनि सरकारले बेवास्था गरेकामा स्थानीयवासी आक्रोशित छन्। पहिरोपीडित खिमकुमारी रामजालीले पानी पर्दा दौडिएर जङ्गलमा जानुपर्ने भएकाले आफूहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्ने बताए। यस क्षेत्रका बासिन्दाले हिउँदको समयमा जसोतसो जीवन निर्वाह गरे पनि बर्खामा गाँस, बास र कपासको ठेगान नभएको बताए। 
अर्को समाचार
कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर
०५ पौष २०७९
•
२ मिनेट पाठ
कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर
निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती।
बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध  सम्बन्धी मुद्दामा कसुर ठहर भएको छ। निसीखोला—६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० किलो गाँजा जस्तो देखिने धुलो सहित पक्राउ परेका घर्ती दाेषी ठहरिएका हुन्। 




जिल्ला अदालत बागलुङका न्यायाधिस डा. दिवाकर भट्टको इजलासले आइतबार कसुर ठहर गरेको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। ‘उहाँको मुद्दामा कसुर ठहर भएको छ, कसुर ठहर हुनु भनेको दोषी देखिनु हो,’ उनले भने, ‘सजाय निर्धारण चाहिँ भैसकेको छैन। १९ गतको लागि सजाय निर्धारणको फैसला गर्ने पेशी तोकिएको छ।’

सजाय निर्धारण भएपछि घर्तीले पुनरावेदन गर्ने समय भने पाउने उनको भनाइ छ। ‘जिल्ला अदालतबाट उहाँ दोषी ठहरिनुभएको छ, अब सजाय तोकिन्छ, ’उनी भन्छन्, ‘उहाँले माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार उहाँलाई छ, त्यो समय पाउनुहुन्छ।’ 

घर्ती दोषी ठहर भएपछि उनको गाउँपालिका अध्यक्ष पद पनि जोखिममा परेको छ। गत स्थानीय निर्वाचन २०७९ मा पाँच दलीय गठबन्धनको उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। कसुरदार देखिएमा स्वतः पदमुक्त हुने भए पनि अहिले नै यसै हुन्छ भनेर भन्न नसकिने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताए।  

‘कसुरदार देखिएमा पद जाने भन्ने कुरा त हो, त्यो कानुनी प्रावधानहरुको बारेमा पनि हेरौंला,’ उनले भने,‘सजाय निर्धारण नभईसकेकोले यसै भन्न सकिने अवस्था त भएन। यसबारेमा मैले श्रीमानसँग पनि बुझौंला।’ बुर्तिबाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरेपछि प्रहरी घर्तीको घरसम्म पुगेको थियो। घर्तीको घरमै ठूलो परिणाममा गाँजाका धूलो भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेर २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा÷चरेस–नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाएको थियो। १९ गतेको पेसीमा सजाय निर्धारण भएपछि घर्तीले फैसला चित्त नबुझे पुनरावेदन गर्न सक्नेछन्।  

१० वर्ष भन्दा कम सजाय तोकिएको खण्डमा धरौटी राखेर घरमै बसी पुनरावेदनको मुद्दा लड्ने कानुनी व्यवस्था भएको अधिवक्ता राम शर्मा बताउँछन्। ‘प्रिन्सीपल्ली त कसुर ठहरिएपछि पदमुक्त हुनुपर्ने हो, न्यायिक हिसाबले चाहिँ जिल्लाको फैसला चित्त नबुझे उच्च र सर्वोच्च जाने व्यवस्था छ र लागूऔषधको मुद्दामा १० वर्ष भन्दा कम कैद सजाय भए दैनिक तीन सय रुपैयाँ बराबर धरौटी राखेर घरमै बसीबसी पुनरावेदन गर्न पाउने व्यवस्था छ।’ गत निर्वाचनमा घर्तीले एमालेका भूमिराज घर्तीलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस