पेट्रोल हाल्न सकिएन, बाइक बिक्रीमा!
०७ असार २०७९
•
३ मिनेट पाठ
पेट्रोल हाल्न सकिएन, बाइक बिक्रीमा!
‘बाइक बिक्रीमा छ है!’ यो कुनै रिकन्डिसन हाउसको सूचना होइन। न त यो कुनै मोटरसाइकल कम्पनीको अफर नै हो। पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिलगत्तै सामाखुसीका कमल खड्काले सामाजिक सञ्जालमा पोखेको दिक्दारी हो यो।




१५० सिसीको पल्सर बाइक चढ्दै आएका खड्काले अब पेट्रोल किन्न नसकिने अवस्थामा पुगेको बताए। त्यसकारण मोबाइल नम्बरसहित ‘बाइक बिक्रीमा छ है!’ भन्दै उनले सामाजिक सञ्जालमा दिक्दारी व्यक्त गरेका हुन्। ‘मोबाइल नम्बरसहित आफ्नो सूचना सामाजिक सञ्जालमा राखें,’ उनले भने, ‘तर समाचारका लागि आएको यो कलबाहेक कसैले फोन गरेका छैनन्।’ नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा २१ रूपैयाँ बढाएसँगै प्रतिलिटर १९९ रुपैयाँ तिर्नुपर्ने भएपछि उनी निरास छन्।

धनगढीबाट राजधानी आएका खड्काले लिटरको १ सय ८ रुपैयाँ हुँदादेखि पेट्रोल किन्न थालेको सुनाए। तर छोटो समयमै यसको मूल्य बढेर झन्डै दोब्बरमा पुगेको उनले बताए। ‘अवस्था सबै उस्तै छ तर मूल्य झन्डै दोब्बर भयो,’ उनले भने, ‘हेर्दाहेर्दै छोइनसक्नु भयो।’ सामाजिक सञ्जालमार्फत उनले जस्तै प्रतिक्रिया पोख्ने अरू थुप्रै छन्। कैयाैंले बाइक बेचेर साइकल किन्ने बताएका छन्। केहीले त पैदल हिँड्न थाल्ने घोषणासमेत गरेका छन्। कतिपयले भने सरकारले विद्युतीय सवारीसाधनको आयातमा बढ्ता जोड दिनुपर्ने सुझाव दिएका छन्। ‘मलाई लाग्छ अब विद्युतीय सवारीसाधन नै उत्तम विकल्प हो,’ अनिशा बराल लेख्छिन्, ‘यसका लागि सरकारले राम्रो व्यवस्था मिलाउनुपर्‍यो।’

विगतमा १ रुपैयाँ, ५ रुपैयाँ, १० रुपैयाँ गरेर पेट्रोलको मूल्य बढ्दै आएकोमा आइतबार राति एकैपटक २१ रुपैयाँ बढेपछि यसले धेरैलाई एकैपटक धक्का दियो। ‘मध्यरातमा निगमले २१ रेक्टरको भूकम्प ल्याएछ,’ मदन अर्याल सामाजिक सञ्जालमा लेख्छन्, ‘भूकम्पप्रतिरोधी साधनको प्रयोग गरौं।’ ठुलो मात्रामा मूल्य बढेपछि निरास हुनेहरू धेरै भेटिए। ‘अब त उति नै दुरीमा पुग्दा तेल पनि बढी खर्च भएजस्तो भान हुन थाल्यो,’ काँडाघारीका रोशन थापाले भने, ‘बाइक थन्क्याएर बसको यात्रा गर्नुको विकल्प रहेन।’ लगातार मूल्य बढ्दा पनि सर्वसाधरणको पक्षबाट बोल्ने कोही नभएको उनले सुनाए। विगतमा थोरै मात्र मूल्य बढ्दा पनि विद्यार्थी संघसंगठनले आन्दोलन गर्ने गरेको तर पछिल्लो समय जनसरोकारको विषयमा उनीहरू पनि मौन रहने गरेको उनको बुझाइ छ।

मूल्यवृद्धिमा विद्यार्थी संगठन विभाजित

विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संघसंगठन पनि विगतमा जस्तो अहिले सक्रिय हुन छाडेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अन्ततः समग्र क्षेत्रमा नकारात्मक प्रभाव पार्ने खालको भए पनि सो विषयमा गम्भीर हुन नसकेको स्वयं विद्यार्थी संगठनका नेताहरू स्वीकार गर्छन्।

नेपाली कांग्रेसनिकट नेविसंघका नेता सुशील भट्ट जनताको दैनिक सरोकारका विषयबाट विद्यार्थी संगठन टाढा हुन थालेको भान हुँदै गएको बताउँछन्। यसो गर्दा संगठनलाई नै असर पर्ने उनको बुझाइ छ। संगठनले पूर्णता नपाउँदा पनि यस्तो स्थिति आएको उनी बताउँछन्। ‘हाम्रो संगठनले अझै पूर्णता पाउन सकेको छैन,’ उनी भन्छन्, ‘तल्लो तहसम्म कमिटी विस्तार नहुँदा समस्या परेको छ। हामीले नेतृत्व तहमा यो कुरा गरेका छौं।’ माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता अर्जुन थापा पनि पहिलाजस्तो जनसरोकारको विषयमा विद्यार्थी संगठनहरू एक हुन नसकेको बताउँछन्। ‘विगतमा पार्टीभन्दा माथि रहेर जनसरोकारका विषयमा एक हुने चलन थियो,’ उनले भने, ‘तर अहिले त्यसो हुन सकिरहेको छैन।’ अझ उनी त रुस र युक्रेनको युद्धका कारण पनि मूल्यवृद्धि भएको आकलन गर्छन्।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने आफूहरू मूल्यवृद्धिको विरोधमा सडकमै रहेको बताए। ‘हामीले आन्दोलनको स्वरूप फेरेका छौं,’ सोमबार साँझ ५ बजे त्रिचन्द्र कलेजबाट मसाल जुलुस निकाल्ने तयारीमा रहेका उनले भने, ‘जनसरोकारका समस्याबाट हामी पछि हटेका छैनौं।’ कलेजमा कम विद्यार्थी भएका कारण मास ठुलो नदेखिए पनि रचनात्मकढंगले निरन्तर विरोध गर्दै आएको उनले सुनाए। ‘अस्वाभाविक मूल्यवृद्धिसँगै यो सरकारले बहिर्गमनको बाटो खोलेको छ,’ उनले भने, ‘सरकारले निःसर्त मूल्यवृद्धि फिर्ता लिनुको विकल्प छैन।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस