सबैखाले हिंसा पीडितलाई न्यायको पहुँचमा पुर्याउने उदेश्यले उदयपुरमा पीडित केन्द्रित अनुशिक्षण कार्यशाला सुरु भएको छ। समाजमा अविभेद समानताको अभियान चलाउँदै महिलाहरुको न्याय र समानतताका लागि वकालत गर्दै आएको ‘महिला कानुन र विकास मञ्च’ काठमाडौँको आयोजनामा कार्यशाला सुरु भएको हो।
समाजमा विद्यमान सबैखाले हिंसा न्यूनिकरण गर्दै पीडितपक्षलाई न्यायमा पहुँच पुर्याउन पैरवी मुलक कार्यान्वयनमा निरन्तर क्रियासिल मञ्चले उदयपुरमा पहिलो पटक यस्तो कार्यशाला गरेको स्थानीय कानुन व्यवसायी लक्ष्मी चौधरीले बताईन्। अधिवक्ता चौधरीका अनुसार ‘पीडित केन्द्रित दृष्टिकोणबाट लैंगिक हिंसाको सम्बोधनमा बहुपक्षीय सेवा प्रदायकहरुसँग अन्तरक्रियात्मक अनुशिक्षण’ विषयक कार्यशाला ५ दिनसम्म चल्नेछ।
सबै प्रकारका हिंसा पीडितहरु समान पीडाका शिकार भएकाले उनीहरुको पीडा सम्बोधन गर्न सरोकारवाला उत्तिकै जिम्मेबार भएर भूमिका खेल्न अनुशिक्षणमा जोड दिइएको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए। उनका अनुसार कार्यशालामा जिल्ला अदालत, नेपाल बार एसोसिएसन, स्थानीयतहका न्यायिक समिति संयोजक र कर्मचारी तथा मेलमिलापकर्ताहरुलाई सहभागी गराइएको छ।
जस अनुसार उदयपुरका ४ गाउँपालिका र ४ नगरपालिकामध्ये त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका न्यायिक समिति संयोजक र कर्मचारी, बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायी, बिभिन्न निकायका मेलमिलापकर्तालगायत ३० जना पुरुष तथा महिलाको सहभागिता रहेको निर्देशक श्रेष्ठले बताए। उनका अनुसार असार १ देखि ५ गतेसम्म सञ्चालन हुने कार्यशालामा संस्थाकी अध्यक्ष अधिवक्ता मीरा ढुंगानालगायत विषय विज्ञहरुले सहजीकरण गरिरहेका छन्।
कार्यशालाको उद्घाटन गर्दै उदयपुर अदालतका न्यायाधीश दिपक खनालले समाजमा घट्ने सबै अपराधमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउन नेपालमा आवश्यक ऐन कानुनको निर्माण भएको बताए। तर, कार्यान्वयनपक्ष फितलो रहेको भन्दै न्यायाधीश खनालले अपराध न्यूनिकरण गर्न सरोकारवाला निकाय र व्यक्तिहरु आआफ्नो ठाउँबाट जिम्मेबार भएर भूमिका खेल्नुपर्ने बताए। त्यसैगरी अपराध निरुत्साहन गर्न पनि सबैपक्ष उत्तिकै सचेत हुनुपर्ने खनालको भनाई थियो। अर्का न्यायाधीश माधव सुवेदीले हिंसा पीडितलाई न्याय दिलाउन र अपराधीलाई कानुनी सजाय दिलाउन मौजुदा कानुनको भरपूर उपयोग गर्नुपर्नेमा जोड दिए। न्यायाधीश सुबेदीले सबैखाले पीडितको कानुनी उपचारको बाटो राज्यले तय गरेको भए पनि चेतना अभावमा कतिपय अपराधमा पीडितपक्ष नै बोल्न नसक्दा कानुनको उपयोग हुन नसकेर हिंसा न्यूनिकरण हुन नसकेको बताए।
मञ्चकी अध्यक्ष वरिष्ट अधिवक्ता मीरा ढुंगानाले हिंसासम्बन्धी सबै सरोकारवालाहरुको सहभागिता गराई पीडितकेन्द्रित सेवा गर्ने उदेश्यले यो अनुशिक्षण कार्यशाला आयोजना गरिएको बताईन्। हिंसा पीडितको उद्धार गरी उनीहरुलाई न्याय दिलाउन तथा अपराधीलाई कानु्नी कारबाही गर्न सरोकारवालाहरुलाई मञ्चले स्थापनाकालदेखि घच्घच्याउदै आएको अध्यक्ष ढुंगानाले बताईन्। पीडितलाई न्याय दिलाउने र अपराधीलाई कारबाही गर्ने उदेश्यले देशमा धेरै किसिमका ऐन कानुनको तर्जुमा गरिएको भए पनि त्यसको कार्यान्वयनमा भने कही न कही कमजोरी देखिएको ढुंगानाले बताईन््।
‘राज्यले पीडितको उद्धार र न्याय दिलाउन तथा अपराधीलाई कानुनी कठघरामा उभ्याउन धेरै किसिमका ऐन कानुनको व्यवस्था गरेको छ’ अध्यक्ष ढंगानाले भनिन् ‘तर, कार्यान्वयन गर्ने क्रममा कतै न कतै अपुग भएएको देखिन्छ। जसले गर्दा पीडितले पाउनुपर्ने न्याय नपाईरहेको र अपराधीले पाउनुपर्ने सजाय नपाएको स्थिति छ। यस्तो कमीकमजोरी हटाउन तपाईहामी सबै सरोकारवालाहरु एक भएर लागी पर्नुपर्छ।’
कार्यक्रममा वरिष्ट अधिवक्ताद्वय मोहनबहादुर कार्की र शुकराम श्रेष्ठ, चौदण्डीगढी नगर उपप्रमुख मणिका दुलाल र कटारी नगर उपप्रमुख गीता खड्काले कार्यक्रम सफलताको कामना मन्तव्य दिएका थिए। उनीहरुले जतिसुकै ऐन कानुनको निर्माण गरेर कार्यान्वयनमा ल्याए पनि महिला हिंसा घट्नुको साटो दिनदिनै बढ्दो अबस्थामा रहेको बताए। हिंसा न्यूनिकरण गर्ने अभियानको सुरुवात सबैले आआफ्नो घरबाट थाल्नुपर्नेमा जोड दिदै वक्ताहरुले अन्यथा हिंसा अन्त्य त के न्यूनिकरण गर्नै नसकिने धारणा राखेका थिए।