प्रदेश १ को नाम कोसी प्रदेश!
०३ असार २०७९
•
४ मिनेट पाठ
प्रदेश १ को नाम कोसी प्रदेश!
प्रदेश १ को नामाकरण चालु अधिवेशन बाटै टुंगो लगाउने  विषयमा प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैजसो दलहरू सहमत भएका छन्। प्रदेश १ का मुख्य दलहरू नेपाली कांग्रेस र नेकपा एमालेवीचमा प्रदेशको नामाकरण यहि प्रदेशसभाबाट टुंगो लगाउने औपचारिक सहमति नै भइसकेको छ।  




प्रदेश १ का दुई ठूला पार्टीहरू नेकपा एमाले र नेपाली कांग्रेस दुबैले संसदीय दलको बैठकबाटै  यहि अधिवेनबाट प्रदेशको नाम राख्ने निर्णयसमेत गरिसकेका छन्। नेकपा एमालेले प्रदेशको नाम राख्नका लागि सहमति जुटाउन प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरिसकेको छ। प्रदेशको नामाकरणका विषयमा प्रदेश सरकारको तर्फबाट पनि स्वास्थ्य मन्त्री जयराम यादवलाई संयोजकको जिम्मेवारी तोकिएको छ।  

यस्तै नेकपा माओवादी  केन्द्र र अन्य दलका सांसदहरू पनि  यहि अधिवेशनबाट नाम टुंगो लगाउनुपर्ने धारणा प्रदेशसभा बैठक र सार्वजनिक कार्यक्रमहरूमा राख्दै आएका छन्। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले यहि अधिवेशनबाट प्रदेशको नामाकरण टुंगो लगाउन माओवादी केन्द्र तत्पर रहेको बताएका छन्। उनले भने‘यहि अधिवेशनबाट प्रदेशको नामाकरण टुंगो लगाउनु पर्ने विषयमा हामी प्रष्ट छौं।’ 

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेत सुयर्माराज राईले यहि अधिवेशनबाट नामाकरण टुंगो लगाउने  संसदीय दलको बैठकले निर्णय गरिसकेको जानकारी दिए। उनले बैठकले नामाकरणको विषयमा  पार्टी भित्र साझा धारणा बनाएर अघि बढ्ने र गठबन्धनको प्रदेश १ को उच्च स्तरिय संयन्त्रका संयोजक नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई  नामका विषयमा गठबन्धन दल भित्र  साझा धारणा बनाउन छलफल गर्ने  र सर्वदलीय बैठक राखेर नामका विषयमा छलफल चलाउने भन्ने निर्णय गरिसकेको जानकारी दिए। उनले सहमति जुटे सर्वसम्त नभए प्रकृयामा लगेर भए पनि प्रदेशको नाम यहि अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पारे।  

यता प्रदेश १ का प्रमुख दुई दल र सरकारले समेत  नामाकरणका लागि संयोजक नै तोकेर पहल थाले पनि अझैसम्म प्रदेश १ को नामका विषयमा दलहरूको साझा धारणा भने आएको छैन। तर, अनौपचारिक रुपमा भने दलहरूले प्रदेश १ को नाम कोसी नै राख्न जोड गरिरहेको स्रोतले जनाएको छ। नेकपा एमाले र नेपाली कांग्रेसवीच पनि प्रदेशको नाम कोसी नै राख्ने अनौपचारिक सहमति भएको र कोसीका विषयमा सहमति नभए विकल्पका रुपमा कोसी किंरात नाम राख्ने विषयमा छलफल भएको कांग्रेस निकट स्रोतले जनाएको छ। 

यता नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले  हालसम्म  के नाम राख्ने भन्ने विषयमा कुनै सहमति कसैसँग नभएको बताए।‘हालसम्म प्रदेशको नाम के राख्ने भन्ने विषयमा कसैसँग कुनै सहमति भएको छैन’ उनले भने, ‘प्रदेशको नामका विषयमा चर्चामा रहेका  कोसी, सगरमाथा, कोसीकिंरातलगायतका सबै नामका विषयमा छलफल गर्न हामी तयार छौं।’ उनले सत्ता गठबन्धनसँग छलफल गरेर नामका विषयमा साझा धारणा बनाउन आफूले पहल थालेको बताए। पहिले नामका विषयमा गठबन्धन भित्र एक खालको सहमति बनाएपछि प्रतिपक्ष दललगायतसँग छलफल गर्ने तयारीमा रहेको उनले जानकारी दिए। कोइरालाले अब, ठोस नाम तोकेरै छलफल अघि बढाउने स्पष्ट पारे। उनले भने‘सबैले नाम राख्ने मात्रै भन्ने तर, के नाम राख्ने भनेर कोहि नवोल्दा छलफलमै  अलमल भइरहेको छ।’  

प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी भने प्रदेश १ को नाम सगरमाथा राख्नुपर्नेमा आफ्नो जोड हुने बताउँछन्। उनले  भने, ‘पार्टीको धारणा पछि आउला तर, मेरो व्यक्तिगत धारणा भने प्रदेश १ को नाम सगरमाथा नै राख्नुपर्छ भन्ने हो।’ प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले भने प्रदेशको नाम के राख्ने भन्ने विषयमा छलफल पछि टुंगो लाग्ने बताए। 

उनले आफू सबै नामका विषयमा छलफल गरेर सहमतिका आधारमा नाम टुंगोलगाउनु पर्ने पक्षमा रहेको स्पष्ट पारे। उनले प्रदेश सभाको यहि अधिवेशनबाट नामको टुंगोलगाउन पार्टीले नै निर्णय गरेर समितिसमेत गठन गरिसकेकाले नामाकरणको विषयमा एमाले स्पष्ट छ।  

प्रदेश सभाको कार्यकाल सकिने संघारमा प्रदेश १ को नामाकरणका लागि दलहरूले सक्रियता देखाउन थाले पनि मुख्य विवाद देखिएको भौगोलिक आधारमा नाम  राख्ने की जातिय आधारमा नाम राख्ने भन्ने विषयमा भने अझैसम्म निक्यौल भइसकेको  छैन।

प्रदेशको नामाकरणका लागि प्रदेशसभाको दुईतिहाँइ बहुमत आबश्यक  पर्छ। प्रदेश एउटै दलको दुई तिहाँइ बहुमत छैन। सत्ता गठबन्धनको पनि सामान्य बहुमत मात्रै छ। प्रदेशको नामाकरणका लागि प्रतिपक्षी दल नेकपा एमालेको साथ आबश्यक पर्छ।  तर, प्रदेश १ का ठूला दलहरू सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमाले नामका विषयमा साझा धारणा बनाएको  खण्डमा भने दुई तिहाँइ  बहुमत पुग्ने देखिन्छ। प्रदेश १ को प्रदेश सभामा हाल ९० जना सांसद छन्। 

त्यसमध्ये नेपाली कांग्रेससँग २१ र नेकपा एमालेसँग ३९ जना सांसद रहेका छन्। दुबै पार्टीका कुल सांसदको संख्या ६० रहेको छ। यस्तै नेकपा माओवादी केन्द्रको १५ , नेकपा एकिकृत समाजवादी १०, जनता समाजवादी ३, राप्रपा १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका  १ जना छन्। 
अर्को समाचार
प्रदेश १ को नाम कोसी
१८ फागुन २०७९
•
१ मिनेट पाठ
प्रदेश १ को नाम कोसी
प्रदेश १ को नाम कोसी प्रदेश राखिएको छ। प्रदेशको नाम कोसी राख्ने प्रस्ताव बुधबार प्रदेशसभाले दुई तिहाइले पारित गरेको हो। यो प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ। यो संख्या दुई तिहाइभन्दा बढी हो। यो प्रदेशसभा ९३ सदस्यीय छ।




प्रदेशसभा बैठकमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २६, माओवादी केन्द्रका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद कोसी प्रदेश राख्नुपर्ने प्रस्तावको पक्षमा उभिएका थिए। प्रदेशसभाको बैठकमा प्रदेशको नाम कोसी राख्न एमालेका सांसद राम रानामगरले प्रस्ताव गरेका थिए। प्रस्तावको समर्थन प्रदेशसभा सदस्य निरन राई र विदुर लिङ्थेपले गरेका थिए।

प्रदेशसभा बैठकले नेकपा एकीकृत समाजवादी प्रदेशसभा १ संसदीय दलका नेता राजेन्द्र राईले टेबुल गरेको संशोधन प्रस्ताव अस्वीकृत गरेको थियो। उनले प्रदेश १ को नाम किराँत लिम्बुवान सगरमाथा राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा टेबुल गरेका थिए। यो प्रस्तावको पक्षमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मात्र देखिए।

यसअघि प्रदेश १ को नामकरणको विषयमा भएको छलफलमा नेपाली कांग्रेसका सांसद विनोद राईले पहिचानका आधारमा नाम राख्नुपर्ने धारणा राखेका थिए। उनले कोसीसँगै किरात पनि जोडिनुपर्ने बताएका थिए। अर्का सांसद शमशेर राईले पनि पहिचानलाई समेटेर नामकरण गर्नुपर्ने बताएका थिए। कोसी नाम राख्दा किरात सभ्यता मासिन्न भन्ने एमाले सांसदको भनाइको जवाफ दिँदै राईले किरात राख्दा चाहिँ कोसी नदी सुक्छ त भनेका थिए।

यसअघि ६ वटा प्रदेशको नामाकरण भइसकेको छ। तर प्रदेशसभाको पहिलो कार्यकालमा दलहरूबीच सहमति हुन नसक्दा प्रदेश १ को नामकरण हुन सकेको थिएन।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस