लागूऔषधसहित २ जना भारतीय पक्राउ
०३ असार २०७९
•
१ मिनेट पाठ
लागूऔषधसहित २ जना भारतीय पक्राउ
प्रहरीले २ जना भारतीयलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट बिहीबार साँझ पक्राउ गरेको छ।  




पक्राउ पर्नेमा १ जना १४ वर्षीय बालक छन् भने अर्का भारतको अररिया सोनामनीका १८ वर्षीय विकास ठाकुर हुन्। बालकको पहिचान प्रहरीले गोप्य राखेको छ। दुवै जना पारिवारिक नाता सम्बन्धमा रहेको प्रहरीले जनाएको छ।  

उनीहरु भारतीय मोटरसाइकलमा सवार थिए। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भारतबाट नेपालतिर छिरेपछि विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साँझ साढे ५ बजेतिर पक्राउ गरिएको हो।  

पक्राउ परेकाहरुको साथबाट ३ दशमलब ६ ग्राम ब्राउन सुगर बरामद भएको छ। दुुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
अर्को समाचार
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
१० घण्टा अघि
•
१ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबाहीमा अवैध लागूऔषधसहित कुल ३१ जना पक्राउ परेका हुन्।

Tata ev homepage after main news

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टोलीले शुक्रबार थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएका भारत मुम्बईका ५३ वर्षीय सइद अहमद साबिर अहमद र २६ वर्षीय मोहम्मद कादिर मोहम्मद हनिफ शेखलाई १६ किलो गाँजासहित पक्राउ गरेको हो।

उक्त गाँजा भारत निकासी गर्नका लागि दिल्लीबाट एयर इन्डियामार्फत नेपाल आएका भारतीय नागरिक ४८ वर्षीय राहत फारुक शेखलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्तै, डोटीको जोरायल गाउँपालिका-२ मिल चौराहबाट चरेस जस्तो देखिने सात किलो ८५ ग्राम पदार्थसहित दुई जना शुक्रबार दिउँसो पक्राउ परेका छन्।

ब्युरोको महेन्द्रनगर शाखासमेतको प्रहरीले बा.७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार बझाङ दुर्गाथली गाउँपालिका-५ जाफ्रीका २८ वर्षीय बिरेन्द्र जप्रेल र ४८ वर्षीय ओम जंग बहादुर कडायतलाई नियन्त्रणमा लिएको हो।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारामा कोठा तलासी गर्दा बारा घर भएका ३३ वर्षीय प्रेम बहादुर आले नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ४८९ ट्याब्लेट र नगद ६२ हजार रुपैयाँसहित शुक्रबार दिउँसो पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो।

काठमाडौँ महानगरपालिका-२६ कपुरधाराबाट खैरो हेरोइन जस्तो देखिने १२ ग्राम ११० मिलिग्राम पदार्थसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय अजय थापा बिहीबार राति पक्राउ परे। उनलाई प्रहरी वृत्त लैनचौरले नियन्त्रणमा लिएको हो।

सुनसरीका विभिन्न पाँच स्थानबाट १० जना पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-११ सिमरबना चोकस्थित अभिषेक चौधरीको घर तलासी गर्दा चौधरीसमेत दुई जना करिब २०० ग्राम गाँजा, ट्रामोल २७८ ट्याब्लेट, स्पास्पेन २५८ ट्याब्लेट र नगद आठ हजार ४०० रुपैयाँसहित शुक्रबार राति पक्राउ परेको प्रहरी चौकी खनारले जनाएको छ।

बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीबाट ब्राउनसुगर जस्तो देखिने दुई ग्राम ३७० मिलिग्राम पदार्थसहित सोही ठाउँका ३० वर्षीय अमर राईसमेत चार जना शुक्रबार राति पक्राउ परेका छन्।

यस्तै, बराहक्षेत्र-४ सुनसरीपुलबाट शनिबार बिहान सोही नगरपालिका-४ आन्द्रामोडका ४२ वर्षीय भगत चौधरी ब्राउनसुगर जस्तो देखिने तीन ग्राम ६५० मिलिग्राम पदार्थ र एक थान डिजिटल तराजुसहित पक्राउ परे। दुवै घटनामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरसमेतको टोली खटिएको थियो।

रामधुनी नगरपालिका-५ शिवचोकबाट शुक्रबार साँझ को.९ प ६१६२ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका-१५ का २० वर्षीय लाजेदाङ लिम्बुसमेत दुई जना ब्राउनसुगर जस्तो देखिने ७६० मिलिग्राम पदार्थसहित पक्राउ परे। उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसमेतको टोलीले पक्राउ गरेको हो।

इनरुवा नगरपालिका-४ बसपार्कबाट खैरो हेरोइन जस्तो देखिने दुई ग्राम ३५० मिलिग्राम पदार्थसहित मोरङ बेलवारी नगरपालिका-२ का ३३ वर्षीय रंजित मेहता शुक्रबार दिउँसो पक्राउ परेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाको टोलीले नियन्त्रणमा लिएको हो।

पूर्वका झापा, मोरङ र संखुवासभाबाट थप ६ जना पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका-६ स्थित एचएम होटल तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने तीन ग्राम ७२० मिलिग्राम पदार्थसहित तीन जना शनिबार दिउँसो पक्राउ परे। ब्युरोको काँकरभिट्टा शाखासमेतको प्रहरीले मेचीनगर-२ का २३ वर्षीय सचिन राई तथा दमक नगरपालिका-७ की ३० वर्षीया मिना राई र २६ वर्षीया प्रतिमा राईलाई पक्राउ गरेको हो।

मोरङको लेटाङ नगरपालिका-९ जाँतेको मिलिजुली टोलबाट सोही नगरपालिका-३ कृतिमानका २९ वर्षीय दिनेश राई ब्राउनसुगर जस्तो देखिने चार ग्राम ६२ मिलिग्राम पदार्थसहित शुक्रबार राति पक्राउ परे।

यस्तै, विराटनगर महानगरपालिका-१६ बाट सुनसरी इटहरी उपमहानगरपालिका-५ का २१ वर्षीय राज प्रधान खैरो हेरोइन जस्तो देखिने ९०० मिलिग्राम पदार्थसहित शुक्रबार दिउँसो पक्राउ परेका छन्। उनीहरूलाई क्रमशः इलाका प्रहरी कार्यालय लेटाङ र ब्युरोको विराटनगर शाखासमेतको टोलीले पक्राउ गरेको हो।

संखुवासभाको खाँदबारी नगरपालिका-१ का २६ वर्षीय चिरायु पोख्रेलको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने दुई ग्राम ३५० मिलिग्राम पदार्थसहित शुक्रबार राति जिल्ला प्रहरी कार्यालय संखुवासभाले उनलाई पक्राउ गरेको छ।

पर्साको वीरगंज महानगरपालिका-१४ राधेमाईबाट खैरो हेरोइन जस्तो देखिने चार ग्राम ४८० मिलिग्राम पदार्थसहित बारा विश्रामपुर गाउँपालिका-५ का २४ वर्षीय शेख अजाद शुक्रबार दिउँसो पक्राउ परेका छन्। उनलाई ब्युरोको वीरगंज शाखासमेतको टोलीले पक्राउ गरेको हो।

रौतहटको चन्द्रपुर नगरपालिका-१ बागमती हाट बजारबाट सोही नगरपालिका-१ मंगलपुरका ३० वर्षीय तारा बहादुर चौरेल नियन्त्रित लागूऔषध टापेन्टाडोल ८९ ट्याब्लेटसहित शुक्रबार दिउँसो पक्राउ परे। उनलाई प्रहरी चौकी पौराहीको टोलीले पक्राउ गरेको हो।

पश्चिम नेपालका बाँके, दाङ, रुकुम पश्चिम, रोल्पा र कञ्चनपुरबाट थप ६ जना पक्राउ परेका छन्। बाँकेको कोहलपुर नगरपालिका-५ शान्तिनगरका २९ वर्षीय राकेश राई घर तलासीका क्रममा ब्राउनसुगर जस्तो देखिने सात ग्राम ९०० मिलिग्राम पदार्थसहित शुक्रबार साँझ पक्राउ परे। उनलाई ब्युरोको नेपालगंज शाखाको टोलीले पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका-१६ मजगाउँबाट सोही उपमहानगरपालिका-१६ डोक्रेना बस्ने सल्यान शारदा नगरपालिका-३ खलंगा घर भएका ३८ वर्षीय रविन्द्र कवरसमेत दुई जना ब्राउनसुगर जस्तो देखिने २९० मिलिग्राम पदार्थसहित शुक्रबार दिउँसो पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट शुक्लाफाँटा नगरपालिका-११ का २८ वर्षीय जय राम तिरुवा खैरो हेरोइन जस्तो देखिने तीन ग्राम ५६० मिलिग्राम पदार्थसहित शुक्रबार दिउँसो पक्राउ परे। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसमेतको टोलीले पक्राउ गरेको हो।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-६ भण्डारीकाँडाका २७ वर्षीय बसन्त विक घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने ४३० मिलिग्राम पदार्थ र नगद २५ हजार रुपैयाँसहित शुक्रबार राति पक्राउ परे।

रोल्पा नगरपालिका-६ रिमसकका २३ वर्षीय रिदम घर्तिमगर पनि घर तलासीकै क्रममा ब्राउनसुगर जस्तो देखिने १८० मिलिग्राम पदार्थसहित शुक्रबार दिउँसो पक्राउ परेका छन्। उनीहरूलाई क्रमशः जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र रोल्पाको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस