ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा पहिरोले घर बगाउँदा बेपत्ता भएका सासु-बुहारीलाई मृत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन्।
स्थानीय ज्ञानेन्द्र पुर्कुटीले सासु तुलसा अधिकारी र बुहारी यसोदा अधिकारीलाई उनीहरुको घर रहेको स्थानभन्दा केही तल मृत अवस्थामा फेला पारेको जानकारी दिए। एउटै घरमा ३ जना बस्ने गरेकोमा छोरा बिष्णु अधिकारी भने भागेर बाँच सफल भएको र उनी भाग्ने क्रममा सख्त घाइते भएको पुर्कुटीले जानकारी दिए। बाटो बगाएकोले सहज ढंगले घटनास्थलतर्फ जान कठिन भइरहेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको र त्यहाँ पुगीसकेपछि मात्र पूर्ण बिबरण आउने जानकारी दिए। सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्र मावोले पहिरोले घर बगाएर मानिस बेपत्ता भएको खबर आफूहरुलाई प्राप्त भएको आफूहरु घटनास्थलतर्फ जान लागेको बताए।
बाटो नभएको र खोलामा पानी बढेकोले त्यहाँ पुग्न कति कठिन हुन्छ भनेर अनुमान गर्न गाह्रो भएको उनको भनाइ छ। बाढी र पहिरोले ताप्लेजुङका बिभिन्न स्थानमा क्षति गरेको छ। सिरिजङ्गा वडा नं ६ मामाङखे र फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको सिँवा क्षेत्र लगायतका स्थानमा पहिरोले समस्या सिर्जना गरेका खबरहरु प्राप्त भएका छन्।
बाढी र पहिरोको सन्त्रासले सिदिङ्वा गाउँपालिकाले जोखिम कम नभइञ्जेल सम्मका लागि विद्यालयहरु बन्द गरेको छ। सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनाममा समेत पहिरोले क्षति गरेको छ।