सेवा निवृत्तिभरण बितरण केन्द्र (पेन्सन पेइङ अफिस पिपिओ) धरानबाट आएको टोलीले इण्डियन वेल्फेयर सेन्टर ताप्लेजुङमा आफ्ना सेवाग्राहीहरुका नीतिगत समस्याबुझ्ने र तत्काल गर्न सकिने समस्या समाधान गरेको छ।
मेजर भरत कानोजियाको नेतृत्वमा आएको टोलीले पूर्व भारतीय सेनामा कार्यरत रहि सेवानिवृत भइसकेकाहरुको पेन्सन कागजातका समस्या निवारणका उपाय बारे बताएको हो। सो अवसरमा जीवित प्रमाणपत्र समेतको प्रकृया र पद्धतिबारे पनि जानकारी प्रेषित गरिएको इण्डियन वेल्फेयर सेन्टर ताप्लेजुङका प्रमुख ताराप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार यो अवसरमा सेवा निवृत्तिभरण वितरण केन्द्र धरानको टोलीले सेवा निवृत्त सदस्य तथा उनका परिवारलाइ सेवा प्राप्तिको क्रममा हुने गइरहेका र भइरहेका समस्या राख्न आग्रह गरेको थियो। ‘एकाध कागजातका प्रकृया कसरी बुझाउने भन्ने बाहेक अरु सबै बिषयमा सेवाग्राहीले सेवा प्रदायकबाट राम्रो सहयोग पाइरहेको बताए’श्रेष्ठले भने।