सिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव
२६ जेष्ठ २०७९
•
३ मिनेट पाठ
सिफारिस नदिएपछि नेपालगन्ज १८ वडा कार्यालयमा तनाव
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा उपस्थित भएका सर्वसाधारण। तस्बिरः नागरिक
सिफारिस नदिएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीय बासिन्दाले बिहीबार वडा कार्यालयमा तनाव सिर्जना गरेका छन्। नेपालगन्ज–१८ लग्दहवा निवासी ४५ वर्षीया रामप्यारी वर्मा विगत ७ महिनादेखि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा पुगेपनि वडाध्यक्ष दीपककुमार बर्माले सिफारिस नदिएको आरोप छ।




रामप्यारीकी आमा ८० वर्षीया सिउरी कुर्मीको करिव ७ महिनाअघि कालगतिले मृत्यु भएको थियो। आमाको मृत्यु भएपछि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा जादाँ वडाध्यक्ष बर्माले विभिन्न बहाना बनाउँदै सिफारिस रोकेको रामप्यारी बताउँछिन्।  

‘धेरै पटक सिफारिस माग्न वडा कार्यालयमा आएँ, तर वडाध्यक्षले जहिले पनि मलाई सिफारिस नदिएर फर्काउने काम गरेँ, मैले हात जोडेर विन्ती गर्दा उल्टै प्रहरी बोलाएर थुनाउँछु भनेर धाक धम्की दिएँ,’ वडा कार्यालयमा पुगेकी रामप्यारीले सञ्चारकर्मीसँग भनिन्।  

मृत्यु दर्ता नाता प्रमाणित नहुँदा आमाको जग्गा नामसारी हुन नसकेको उनले बताइन्। मृतक सिउरीका दुई छोरी मात्र छन्। रामप्यारी र मिरा सहोदर दुई बहिनी हुन्। आमाको मृत्यु पश्चात कानुनी रुपमा स्वतः अंश पाउने अधिकार भएपनि वडा कार्यालयको सिफारिस नपाउँदा सबै काम रोकिएको उनको गुनासो छ।  

रामप्यारी र मिराले लामो समयदेखि सिफारिस नपाएपछि उनको न्यायका लागि बिहीबार वडा नम्बर १८ का केही अगुवा तथा स्थानीय बासिन्दा पुगेका थिए। वडाध्यक्ष बर्माको कार्यकक्षमा सामान्य रुपले छलफल भइरहेका बेला एक्कासी विवाद बढेपछि केहीबेर तनाव उत्पन्न भयो। त्यसक्रममा पत्रकार र महिलामाथी दुर्व्यवहार समेत भएको प्रत्यक्षदर्शीले बताए।  

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्य कृष्णा सापकोटाले सिफारिस नपाएका दुई दिदीबहिनीको न्यायका लागि आफूहरु वडा कार्यालयमा पुग्दा वडाध्यक्षले उल्टै प्रहरी बोलाएर दमन गराउन खोजेको बताइन्। ‘सिफारिस नपाउने पीडित दुई दिदीबहिनी हुन्, उनीहरुका दाईभाई छैनन्, बुवाको सम्पत्ती हस्तान्तरणका लागि सिफारिस माग्न वडा कार्यालयमा पटक पटक पुग्दा नपाएपछि पीडितले हामीसँग सम्पर्क राख्नु भयो, त्यसपछि हामी उहाँको सिफारिसका विषयमा बुझ्दै थियौं, एक्कासी वडाध्यक्षले प्रहरी र आफ्ना मान्छे बोलाएर दादागिरी देखाउनु भयो,’ कृष्णाले भनिन्।  

वडाध्यक्ष बर्माले भने सिफारिस रोक्ने कुनै नियत नभएको जिकिर गरेका छन्। आफ्नो पहिलो कार्यकाल छदैं नाता प्रमाणितका लागि सिफारिस माग्न आएपनि दुबैको नाममा बराबर सम्पत्ती जाओस् भनेर सिफारिस रोकेको बताए। ‘सिफारिस दिँदाखेरी एउटाले बढी पाउने र अर्कोले कम पाउने हुन्छ कि, यहाँबाट हामीले सिफारिस गर्दा मालपोतमा अप्ठ्यारो नहोस् भनेर रोकिएको हो,’ बर्माले भने ‘सिफारिस रोक्नुपर्ने कुनै कारण छैन, सिफारिस त दिने हो, नदिने कुरै छैन।’

नेपालगन्ज १८ स्थित वडा कार्यालयमा बिहीबार समाचार संकलन गर्न पुगेका पत्रकार सलामत अलि शेखमाथि हातपात एवम् दुर्व्यवहार भएको हो। वडाध्यक्ष बर्माको कार्यकक्षमै पीडित पक्षसँग छलफल भइरहेका बेला एक्कासी विवाद उत्पन्न भएको थियो। सो विवादले उग्ररुप लिएपछि स्थिती तनावपुर्ण बन्यो।  

सो क्रममा उपस्थित भएका नेपालगन्जस्थित प्रभात घोषणा राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार शेखले भिडियो खिच्न लाग्दा वडाध्यक्ष बर्मा एक्कासी उठेर हातपात एवम् दुर्व्यवहार गरेको पीडितले बताए। ‘वडाध्यक्षको कार्यकक्षभित्र विवाद बढेपछि मैले मोबाईल निकालेर भिडियो खिच्दै थिए, वडाध्यक्ष दीपक बर्मा एक्कासी आएर मेरो घाँटी समाते र मोबाईल खोस्ने प्रयास गरे, तर मैले मोबाईल दिएन,’ शेखले नागरिकसँग भने, ‘त्यसपछि वडाध्यक्षकै निर्देशनमा त्यहाँ रहेका प्रहरीले मलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएँ, त्यहाँ रहेका स्थानीय बासिन्दाले छुटाए।’  

पत्रकारको परिचय दिँदादिँदै पनि प्रहरीले आफूमाथि अमानवीय ब्यवहार गरेको उनको गुनासो छ। वडाध्यक्ष बर्मा पटक–पटक विवादमा मुछिने गरेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस