विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा भारतबाट ल्याएको मैक र लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ट्रकसहित ५ सय बोरा मकै बुधबार राति विराटनगर–६ केसलियाबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ३६ वर्षीय दुखिलाल उराउले चलाएको ट्रकसहित ५ सय बोरा मकै नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
ना ४ ख १६७८ नम्बरको ट्रकमा ल्याएको मकै भन्सार छलेको आशंकामा नियन्त्रणमा लिएका हौं, डिएसपी श्रेष्ठले भने। उनका अनुसार २३ लाख ७५ हजार मूल्य बराबरको मकै भन्सार छलेको आशंका गरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ। बरामद गरिएको मकै सुनसरीबाट आएको प्रहरीले जनाएको छ।
त्यस्तै भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको लत्ताकपडाहरु विराटनगर–१२ बखरीबाट प्रहरीले बरामद गरेको हो। १ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडा बरामद गरी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।