राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। हुम्ला, सिमिकोट गाउँपालिका-८ घर भइ हाल नेपालगन्ज-१ धम्बोझीमा कोठा भाडामा बस्ने १८ वर्षका त्रिबल शाही र सोही ठाउँ निवासी वर्ष १८ कै लेकराज छन्त्यालको शव फेला परेको हो।
बुधबार घरबेटीको मलामीका लागि राप्ती नदी गएका उनीहरु घर नफर्केपछि साँझ ६ बजेतिर खोजी गर्दा नदीको छेउमा दुई जोडा कपडा र एउटा मोबाइल फेला परेकोले नुहाउने क्रममा नदिमा बेपत्ता हुनसक्ने आशंका गरिएको थियो।
उनीहरुको बिहीबार(आज) बिहान खोजी गर्दा राप्ती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए। उनीहरु पौडी खेल्ने क्रम डुबेको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार दुबै जना नेपालगन्जको धम्बोझी मा.बि.बाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए।