विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा एक जना पुरुषको एक महिना अघि मृत्यु भएको थियो। मृत्यु भएको एक महिनापछि आफन्त र परिवारका सदस्य सम्पर्कमा आएसँगै मृतकको पहिचान खुलेको हो।
मृतक विराटनगर महानगरपालिका–६ का ४६ वर्षीय दिनेश पासवान रहेको खुलेको छ। उनको शव परिवारका सदस्य र आफन्तलाई सोमबार जिम्मा लगाइएको कोसी अस्पतालले जनाएको छ। विराटनगर–९ घोघापुल चोकमा बिरामी भएर ढलिरहेको बेवारिसे अवस्थामा प्रहरीले गत वैशाख २४ गते उनलाई फेला पारेको थियो। प्रहरीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल ल्याएका उनको भोलिपल्ट (वैशाख २५ गते)उपचारकै क्रममा मृत्यु भयो। पोस्टमार्टम गरिएको शव भने फ्रिजमा हालेर अस्पतालकै शव गृहमा राखिएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलका अनुसार आफन्त र परिवारका सदस्य सम्पर्कमा आएपछि शव जिम्मा लगाएर पठाइएको छ। दिनेशको शव उनकी श्रीमती सुनिता पासवानले जिम्मा लिएको उनले बताए।
अत्यधिक मादक पदार्थ सेवनका कारण उनको मृत्यु भएको जानकारी अस्पतालले दिएको छ। डाक्टर खरेलका अनुसार बेवारिसे अवस्थामा फेला परेका बिरामीको उपचारका क्रममा मृत्यु भए पनि शव भने व्यवस्थापन नगरी अस्पतालमै राखिएको थियो। बेवारिसे अवस्थामा भेटिएकाको मृत्यु भएमा कम्तीमा एक साताभित्रमा सम्बन्धित स्थानीय तहले शवको व्यवस्थापन गर्ने गरेको थियो। स्थानीय तह निर्वाचनलगायतका कारणले व्यवस्थापनमा ढिलाइ हुँदा शव परिवारका सदस्यले पाएको हुन्।
त्यस्तै अर्को एक जना बेवारिसे पुरुषको शव पनि लामो समयदेखि कोसी अस्पतालमै राखिएको छ। मोरङको धनपालथानमा बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ६०–६५ वर्षीय पुरुषको वैशाख २२ गते मृत्यु भएको हो। पुरुषलाई पनि बिरामी भएर ढलिरहेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल ल्याएको थियो। उपचारकै क्रममा ५ दिनपछि मृत्यु भएको हो। एक महिना अघिदेखि शव राखिए पनि आफन्त र परिवारका सदस्य सम्पर्कमा नआएको अस्पतालले जनाएको छ।
डाक्टर खरेलका अनुसार प्रहरीमार्फत मृतकका आफन्तको खोजी र पहिचानको प्रयास भइरहेको र परिवारका सदस्य सम्पर्कमा आए शव जिम्मा लगाएर पठाइने छ। शव केही दिन अस्पतालमै राख्ने र सम्पर्कमा कोही नआए प्रक्रिया पुर्याएर शवको व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।