नेपालगन्जको बिरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहारी र राप्रपाका कार्यकर्ताबीच झडप भएको छ। राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखेको थियो।
शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरि हटाउन खोज्दा झडप भएको हो। सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले बिरेन्द्र चोकमा शालिक राखेको जानकारी आएको र केही समयमै प्रहरीले शालिक हटाएको जानकारी आफूलाई प्राप्त भएको बताए। त्यसक्रममा केही राउण्ड हवाई फायर पनि भएको उनले जनाए।
राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरुले बिरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग र हवाई फायर गरेर हटाएको बताए।