वीरगन्ज वडा नम्बर ११ श्रीपुरमा रहेको श्री नेपाल राष्ट्रिय विद्यापीठ उच्च माद्यामिक विद्यालयका पूर्व प्रधानाध्यापकसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गराएको छ।
आर्थिक वर्ष २०६८/०६९ का तत्कालिन प्रधानाध्यापक बलराम श्रेष्ठ र लेखाका कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्यिारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन।
प्रधानाध्यापक र लेखाका कर्मचारी दुवै जनाविरुद्ध ‘सार्वजनिक सम्पत्ति हानी नोक्सानी’ सम्बन्धि मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०६८/०६९ मा जिल्ला शिक्षा कार्यालयले प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण कार्यका लागि निकासा गरेको रकम हिनामिना गरेको अख्तियारका प्रवक्ता भण्डारीले बुधबार जारी गरेको वज्ञप्तिमा छ। फरक शीर्षकमा निकासा भएको रकमबाट श्रेष्ठले ९२ हजार दोहोरो तलब लिएको देखिएको समेत जनाइएको छ। त्यस्तै लेखा सञ्चालन गर्ने हैसियतले लेखा कर्मचारी राकेशमानले एउटा शीर्षकमा विनियोजित रकम सक्बन्धित शीर्षकमा खर्च नगरी आफू खुसी खर्च गरेको पुष्टि भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
१० वर्ष अगाडि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको सम्बन्धी मुद्दा लामो अनुसन्धानपछि विशेष अदालत पुगेको हो। ‘उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, मुर्ली, बीरगंज, पर्सालाई जिल्ला शिक्षा कार्यालय, पर्साबाट आर्थिक वर्ष २०६८/०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण वापत जम्मा २९ लाख ५० हजार विभिन्न शीर्षक तोकी रकम निकासा भएकोमा सो रकम सम्बन्धित शीर्षकमा खर्च नगरी तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठसमेतले आफू खुसी खर्च गरेको,’ विज्ञप्तिमा छ, ‘२०६७।०६८ को श्रावण, भाद्र, आश्विन तथा दशै खर्चवापतको रकमसमेत ९२ हजार ३ सय ७८ दोहोरो तलब लिएको देखिएको हुँदा नेपाल सरकारको रकम आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने बदनियतले एउटा शीर्षक तोकी बिनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुसी खर्च गरेको र दोहोरो तलब भत्तासमेत लिएको पुष्टि भएको हुँदा जरिवाना र कैद मागदाबी लिइएको छ।’
तत्कालीन प्रधानाध्यापक श्रेष्ठलाई बिगो ३० लाख ४२ हजार तीन सय अठहत्तर रुपैयाँ र राकेशमानलाई २९ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७बमोजिम सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा बिशेष अदालतमा दायर गरिएको जनाइएको छ।