पोखरा–जोमसोम हवाई रुट जोखिमपूर्ण नै हो त?
१७ जेष्ठ २०७९
•
४ मिनेट पाठ
पोखरा–जोमसोम हवाई रुट जोखिमपूर्ण नै हो त?
हवाई उड्डयन क्षेत्रका जानकारका अनुसार पोखरा–जोमसोम हवाई उडान अरुको तुलनामा जोखिमपूर्ण मानिन्छ। अझ उडान दौरान यो रुटमा केही समय कतैपनि सम्पर्क नहुने हुँदा उडान झनै जोखिमपूर्ण हुने उनीहरुको भनाइ छ। त्यही भनाइलाई पुष्टि गर्ने अर्काे तथ्यांक पनि छ, त्यो हो, पछिल्लो दश वर्षमा मात्र पोखरा–जोमसोम रुटमा चारवटा हवाई दुर्घटना भए। ती दुर्घटनामा मात्र ६० जनाको ज्यान गएको छ।  




दश वर्षभित्रको तथ्यांक अनुसार पहिलो घटना २०६९ जेठ १ गते जोमसोममा अग्नी एयरलाइन्सको जहाज दुर्घटनामा पर्‍यो। त्यो दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। त्यसको एक वर्षपछि २०७० जेठ २ गते नेपाल एयरलाइन्सको जहाज जोमसोममा दुर्घटनामा परेको थियो। तर, कसैको ज्यान गएको थिएन। तेश्रो दुर्घटना २०७२ फागुन १२ मा घटेको थियो। पोखरा–जोमसोम रुटमा पर्ने म्याग्दीमा तारा एयरलाइन्सको जहाज दुर्घटना हूँदा २३ जनाको ज्यान गएको थियो।

सबैभन्दा पछिल्लो घटना गत आइतबार हो। पोखराबाट जोमसोम उडेको जहाज आइतबार मुस्ताङमा दुर्घटनामा पर्दा २२ जना यात्रुको ज्यान गएको छ।  

पोखरा–जोमसोम यी चारवटा मात्र दुर्घटना होइनन्, त्यसअघि पनि यो रुटमा हवाई दुर्घटनामा परेका थिए। २०५५ भदौमा पनि यही रुटमा लुम्बिनी एयरको जहाज दुर्घटनामा पर्दा १८ जना यात्रुको ज्यान गएको थियो। २०५९ भदौ ३ गते जोमसोमबाट पोखरा फर्कदै गर्दा सांग्रिला एयरको जहाज पोखरा नजिकै दुर्घटनामा पर्दा १८ जना यात्रुको मृत्यु भएको थियो।  

पोखरा–जोमसोम चल्तीको हवाई रुट हो। पर्यटकीय क्षेत्र पर्ने भएकोले यो रुटमा हवाई उडान पनि संख्यात्मक हिसाबले धेरै नै हुने गरेका छन्। पछिल्लो आइतबार मात्र यो रुटमा १५ वटा उडानको तालिका थियो। पर्यटकले खचाखच हुँदा कुनैबेला यो रुटमा एकैदिन दुई दर्जन जति उडान भएका छन्। पर्यटकीय र धार्मिक क्षेत्र पर्ने भएकोले पनि यो रुटमा हवाई जहाजलाई यात्रु अभाव हुँदैनन्। 
सिजनका बेला भारतीय पर्यटकको घुँइचो लाग्ने हुँदा उडान संख्या पनि उत्तिकै थपिन्छन्। यतिबेला भारतीय पर्यटकको नेपाल घुमघामको सिजन हो। मुक्तिनाथ दर्शन गर्न जाने उनै भारतीय पर्यटकको भीडका कारण अहिले पनि उडान संख्या उत्तिकै छन्। तर, यही रुटमा बारम्बार हवाई दुर्घटना भएका छन्। जसले गर्दा मानवीय र भौतिक क्षति भएको छ।

आखिर किन हुन्छन्, पोखरा–जोमसोम रुटमा बारम्बार हवाई दुर्घटना–हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट निवृत्त भएका पाइलट रवी कंशाकर भन्छन्, ‘कुनैपनि हवाई रुटमा जतिबेला पनि जोखिम आउन सक्छ। सबैको आ आफ्नो तहमा रिस्क छ। तर, पोखरा–जोमसोम रुट ‘रिस्क’ नभएको भन्न मिल्दैन। ‘रिस्क भएपनि त्यो रुटमा जहाज उडिरहेका छन्। उडान दौरान आउने अप्ठेरा के कस्ता छन् भनेर सबैले आफ्नै तरिकाले विश्लेषण गरेका छन्। तर, यसबारे चाँसो लिनुपर्छ।’  

केही वर्ष अघि यही रुटमा जहाज उडाएका अनुभवी क्याप्टेन कंशाकरका अनुसार यो रुटमा मौसमको सबैभन्दा बढी चुनौती छ। घोरेपानी–जोमसोम खण्डको मौसम छोटो समयमै परिवर्तन हुन्छ। हावाको गति पनि तत्कालको तत्कालै तलमाथि भइरहन्छ। त्यसले गर्दा समस्या आउन सक्ने उनले बताए। उनका अनुसार यो बेला मौसममा तत्कालै परिवर्तन आउने समय हो। हावाको गति पनि छोटो समयमा बदलिन्छ। त्यसले गर्दा जोखिम निम्त्याउन सक्ने उनले बताए। ‘पछिल्लो समय प्रविधि पनि थपिएका छन्। तरपनि घटना भने भईरहेका छन्,’ उनले भने, ‘मौसम र भौगोलिक चूनौती बढी हुनसक्छ।’  
अर्का एक अनुभवी पाइलटका अनुसार नेपालको दुर्गम भेगमा हुने सबै हवाई उडान निकै नै चुनौतीपूर्ण छन्। भौगोलिक बनोट र मौसम दुवैमा चुनौती रहेको उनले बताए। उनका अनुसार दुर्गम भेगमा उड्ने जहाज धेरै माथि उचाईमा उड्न सक्दैनन्। किनकी उचाईमा जाँदा यात्रुलाई अक्सिजन अपुग हुन्छ। त्यसैले कम उचाईमा उड्नुको विकल्प छैन। ‘पोखरा–जोमसोम खोँचको बीचमा मौसमसँग जुधेर उड्नुको विकल्प छैन। प्रकृतिसँगै पैठेजोरी खेल्ने नै हो,’ ती पाइलटले भने, ‘जहाजको अवस्था, मौसमी परिवर्तन, पहाडी भेगको चुनौती सामना गर्नुपर्छ।’  

उनका अनुसार पोखरा–जोमसोम रुटमा उडान गर्दा खोँचबाट जानुको विकल्प छैन। त्यसैले खोँचको मौसम सफा हुनु अनिवार्य हो। किनकी यो रुटमा उड्ने जहाज बादलमाथिबाट जान सक्दैनन्। कम उचाइमा उड्नुपर्ने हुँदा मौसमसँग सामना गर्नुपर्ने उनले बताए। ‘प्रि मनसुन र पोष्ट मनसुनमा मौसममा छोटो समयमा परिवर्तन हुन्छ। यो रुटमा पनि छोटो समयमा मौसम परिवर्तन भईरहन्छ,’ उनले भने, ‘त्यो बेला यन्त्रको भरमा उड्ने हो। प्रि र पोष्ट मनसुनमा छोटो समयमा बादल विकास हुने भएकोले सचेत हुनुपर्छ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पोखरास्थित प्रमुख बिक्रम गौतम पनि पोखरा–जोमसोम रुटमा भौगोलिक समस्या रहेको बताउँछन्। त्यसबाहेक छिनछिनमा मौसम परिवर्तन भईरहँदा पनि जोखिम थपिने उनले बताए। ‘बारम्बार मौसम परिवर्तन भईरहन्छ। त्यस्तै हावाको गति पनि छोटो समयमा थपघट भईरहन्छ,’ गौतमले भने, ‘स्थानीय ‘वेदर’ विकास हुन्छ। त्यसले गर्दा समस्या आउन सक्छ।’  

उनका अनुसार पोखरा–जोमसोम रुटमा फरक भौगोलिक क्षेत्र छ। खेतीपाती गरेको जमिन, नदीनाला, हिउँ, हुँदा ठाउँ अनुसार तापक्रम र हावाको चापमा फरक पर्ने र त्यो सँगै जहाजलाई पनि फरक तरिकाले असर पर्ने उनी बताउँछन्। ‘पोखरा–जोमसोम रुटमा वेदर र भौगोलिक फिचर बढी जिम्मेवार छन्। यसलाई कम गर्न खतरासँग टाढा रहनु हो वा, प्रविधि विकास गर्ने हो,’ उनले भने, ‘मौसम खराब भए त्यो बेला नजाने वा मौसमबारे पूर्ण रुपमा जानकारी लिएर मात्र उड्नुको विकल्प छैन।’  
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस