शंकास्पद अवस्थामा आइतबार बिहान मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा एक जना पुरुषको शव भेटिएको छ।
मोरङ प्रहरीका अनुसार कटहरी–२ स्थित आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठ रहेको जनाएको छ। श्रेष्ठको शव सडक छेउको नाली नजिकै बाँझो खेतको डिलमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो। घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फ्यालेको जस्तो देखिने प्रहरीले बताएको छ।
बिहे गरेकी श्रीमतीले छाडेपछि तुलसी भाइ चित्रकुमारको साथमा बस्दै आएको खुलेको छ। तुलसीका सन्तान छैनन्। भाइ चित्रकुमारले कटहरी–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका छन्। तुलसी शनिबार राति घरबाट निस्किएर भाइको कुखुरा फार्मतिर जाने क्रममा घटना भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।
‘खेतको डिलमा पुरुषको शंकास्पद अवस्थामा शव फेला परेको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘निधारमा रहेको चोटबाट रगत बगिरहेको छ। घटना शंकास्पद रहेकाले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेका छौं।’ घटनाको अनुसन्धानपछि मात्रै वस्तविकता खुल्ने छ।
तुलसीको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको छ। बिहान खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका साथै डिएसपी राजन कार्की नेतृत्वको टोली घटनास्थलमा गई अनुसन्धान थालेको प्रवक्ता श्रेष्ठले बताए।