कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साइकलयात्री कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारुको बुधबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएको उनको सामुदायिक अस्पताल हुँदै जिल्ला अस्पताल तौलीहवामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।