छात्रालाई ‘बेड पार्टनर’ अफर गरेपछि...
११ जेष्ठ २०७९
•
३ मिनेट पाठ
छात्रालाई ‘बेड पार्टनर’ अफर गरेपछि...
काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा मंगलबार एकाएक विद्यार्थीले नाराबाजी गर्न थाले। कलेजका शिक्षकले नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाएपछि उनीविरूद्ध बिहानै विद्यार्थीहरू नाराबाजीमा उत्रिएका हुन्।




कलेजको बिहानी सत्रका संयोजकसमेत रहेका शिक्षक जनार्दन अधिकारीमाथि कक्षा ११ मा अध्ययनरत एक छात्राले तीन महिनादेखि आफूलाई सामाजिक सञ्जाल र भौतिक रूपमै दुव्र्यवहार गर्ने गरेको आरोप लगाएकी थिइन्। जुन कुरा उनले आफ्ना परिवार र कलेजका साथीलाई जानकारी दिएकी थिइन्। त्यसपछि विद्यार्थी आन्दोलित भएका हुन्।

ती छात्राले आरोप सार्वजनिक गरेपछि सोही कक्षामा अध्ययनरत अन्य दुईजना छात्राले पनि आफूसँग दुव्र्यवहार भएको खुलाएका थिए। उनीहरूले थप अर्का शिक्षक राजनकुमार पौडेलमाथि पनि आरोप लगाएका छन्। तीन महिनादेखि आफूमाथि शारीरिक दुव्र्यवहार गर्ने गरेको र त्यसलाई रोक्न खोज्दा ‘तलाई निष्कासन गर्दिन्छु’ भन्ने धम्की ती शिक्षकले दिने गरेको आरोप छात्राको छ।

‘आफ्नो दाइ वा भाइसँग बेन्चमा बसेका बेला त्यहाँ नबस, तिमीलाई बेन्चमै सेक्स गर्दिन्छु भन्ने रहेछन्,’ ती छात्राका एक सहपाठी साथीले भने, ‘विल यु बि माई बेड पार्टनर? तिम्रो घर टाढा छ, मेरै घरमा बस, भाडा पनि लिन्नँ। कलेज फी पनि तिर्दिन्छु। बस तिम्ले मेरो बेडको सेटिस्फिकेसन पूरा गर्नुपर्‍यो। यसो भन्ने रहेछन्।’

त्यस्तै ‘तिम्ले मिनिस्कट लगाएको सेक्सी देखिन्छ’ लगायत विभिन्न यौन दुव्र्यवहारजन्य शब्द प्रयोग गर्ने गरेको ती छात्राहरूले सुनाएको उनका साथीले बताएका छन्। आरोप लगाउने पीडित एक छात्राले ती शिक्षकले बारम्बार आफ्नो ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने गरेको बताइन्। ‘म पत्नीबाट सेटिस्फाइ (सन्तुष्ट) छैन।

तिमी मलाई मनपर्छ, त्यसैले मेरो पार्टनर बन भनेर बारम्बार भनिराख्ने,’ उनले भनिन्, ‘केही इग्नोर गर्दा धम्क्याउने, निष्कासन गर्दिन्छु भन्ने। बाध्य भएर अहिले बोल्नुपर्‍यो।’ ती छात्राले आफूसँग हुने कुराकानीबारे अभिभावक वा कलेज प्रशासनलाई जानकारी दिएमा तत्काल कलेजबाट निष्कासन गर्ने धम्की पनि दिएका थिए।

कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्कासन गरेको कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले बताए। उनले भने, ‘छात्राले कुरा उठाउना साथ हामीले उनीहरूलाई निष्कासन गरिसक्यौं। प्रहरीले घटनाको अनुसन्धान गर्दै छ। हामी सहयोग गर्छौं।’

विद्यार्थीले कलेजमा यसरी धर्ना र नाराबाजी गरेपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी टोली कलेजतर्फ गएको थियो। त्यसपछि आरोपित दुवैजना शिक्षक अधिकारी र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर वृत्तमा राखेको छ। ‘हामी पुग्दा शिक्षकबाट छात्राहरूमाथि यौन दुव्र्यवहार भएको भनेर नाराबाजी भइरहेको थियो। त्यसपछि पीडित छात्राहरूबाट जाहेरी दिन भन्यौं,’ वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) केशव भट्टले भने, ‘जाहेरी लिएपछि आरोपितलाई पक्रेर अनुसन्धान थालेका छौं।’ 

उनका अनुसार तीनजना छात्राले आफूमाथि दुव्र्यवहार भएको दाबी गर्दै किटानी जाहेरी दिएका छन्। जसमा दुवैजना आरोपित शिक्षकमाथि दुव्र्यवहारको किटानी दाबी गरिएको छ। डिएसपी भट्टका अनुसार प्रहरीले दुवैजनालाई न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन मंगलबारै जिल्ला अदालत काठमाडौंबाट अनुमति पनि लिइसकेको छ। अदालतले पाँच दिनको समय दिएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस