भन्सार छली गरेर ल्याइएका मोटरपार्ट्ससहित व्यापारीलाई विराटनगरबाट पक्राउ गरिएको छ। विराटनगर महानगरपालिका–६ स्थित अमन इलेक्ट्रिस एण्ड रिपेयरिङ सेन्टरका सञ्चालक सोही ठाउँका ३० वर्षीय शेख अलताफ पक्राउ परेका हुन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भन्सार छली, चोरी तस्करी गरेर ल्याइएको पानी तान्ने मोटरको पाट्स, मेसिनरी पाट्सलगायत अन्य विभिन्न कम्पनीका स्टीकर र वारेन्टी कार्डसहित अलताफलाई पक्राउ गरेको हो। ‘अवैध रुपमा पानी तान्ने मोटर पाट्स, मेसिनरी पाट्सहरु ल्याइ फिटिङ गर्ने गरेको पाइएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘ती पाट्समा अन्य विभिन्न कम्पनीका स्टीकर तथा वारेन्टी कार्ड प्रयोग गरी विक्रीवितरण गर्न राखेको अवस्थामा बरामद गरिएको हो।’
अलताफले सञ्चालन गरेको रिपेयरिङ सेन्टरबाट स्टील स्टीकर १ सय ४ पिस, प्लाष्टिक स्टीकर ९२ पिस, पानी तान्ने फिटिङ मोटर ३२ पिस, क्यापासिटर ७ कार्टुन (३५० पिस), आल्मुनियम बडी ७ बोरा, फेन कभर ४ कार्टुनलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरिएको विभिन्न किसिमका सामानहरू करिब ४ लाख ८५ हजार रुपैयाँ बराबर भएको र सामग्रीसहित अलताफलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको छ।