अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जन्मदिनको अवसरमा आफ्नो जन्म गाउँका जेष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन्।
जन्मदिनको अवसर पारेर उनले आफ्नो जन्म गाउँ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनका जेष्ठ नागरिकलाइ सम्मान गरेको त्यहाँ रहेका पत्रकार सन्तोष पुर्कटीले जानकारी दिए। भट्टराईले नगद ५ सय रुपैयाँ र दोसल्ला ओढाएर जेष्ठ नागरिकलाइ सम्मान गरेका हुन्।
जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी भएकोले उनीहरुका अनुभवलाई आफूले प्रयोग गर्न सकौं भन्ने मनशायका साथ जेष्ठ नागरिकको दीर्घजीवन समेतको कामना गर्दै आफूले जन्मदिन रचनात्मक ढंगले मनाएको भट्टराईले बताए। उनी अहिले झापाको बिर्तामोडमा बसेर व्यवसाय गर्ने गर्छन्।
सिरिजङ्गा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लालकृष्ण चौहान समेतको उपस्थितिमा भट्टराईले जेष्ठ नागरिकलाई सम्मान र विद्यार्थीलाई झोला वितरण गरेका छन्।