प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव योगेशकुमार भट्टराईले निर्वाचनको अघिल्लो दिन मृत्यु भएका ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा नं २ का खोक्लिङका विमल कार्कीको मृत्युबारे छानबिन गर्न सरकारको ध्यानाकृष्ट गरेका छन्। भट्टराई नेतृत्वको टोलीले मंगलबार गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर कार्कीको हत्या भएको र लामो समयसम्म सत्यतथ्य पत्ता लगाउन भएको ढिलाईप्रति आशंका जनाएको छ।
गृहमन्त्री खाँड समक्ष यो टोलीले ताप्लेजुङ अस्पतालका डाक्टर दीपेन्द्र बोखिमले ‘एमाले कार्यकर्ताको पोष्टमार्टम नगर्ने’ भन्दै दिएको अभिव्यक्ति र गरेको गैर जिम्मेवारीपूर्ण कार्यको उचित छानबिन र कारबाही गर्न समेत माग गरेको छ। कार्कीको मृत्युपछि एमाले जिल्ला उपाध्यक्ष सन्तोष खतिवडाले डाक्टर बोखिमलाई कार्कीको शवको पोष्टमार्टम गरिदिन अनुरोध गर्दा ‘एमालेका मान्छे हेर्ने गरेको छैन त’ भनेर दिएको अभिव्यक्तिसहितको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
बोखिमले पोष्टमार्टम गर्न नमानेपछि कार्कीको शव दुई दिनपछि मात्रै इलामबाट चिकित्सक झिकाएर पोष्टमार्टम गरिएको बिषय समेतको उचित छानबिन गर्न भट्टराई नेतृत्वको टोलीले माग गरेको छ। पोष्टमार्टका लागि राजनीतिक पूर्वाग्रह राख्ने चिकित्सको यो व्यवहार खेदजनक भएको भन्दै यस कार्यलाई गम्भीर रुपमा लिन समेत टोलीले गृहमन्त्री खाँडलाई आग्रह गरेको छ।
बोखिमको यो व्यवहार गलत भएको भन्दै एमाले ताप्लेजुङले समेत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको छ। एमाले जिल्ला उपसचिव मणिशंकर पोमूले घटनालाई सुक्ष्म नठान्न र डाक्टर बोखिमको गलत कार्यको छानबिन गरी कारबाही गर्न माग गरिएको बताए।