हदम्याद अध्ययनको जिम्मा कानुन आयोगलाई
१० जेष्ठ २०७९
•
४ मिनेट पाठ
हदम्याद अध्ययनको जिम्मा कानुन आयोगलाई
जबर्जस्तीकरणी घटनाका मुद्दामा हदम्याद हटाउन माग राखेर आन्दोलन भइरहेका बेला कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानुन आयोगलाई अध्ययनका लागि जिम्मेवारी दिएको छ। समयअनुसार कानुनको समीक्षा र आवश्यकताअनुसार संशोधन गर्नुपर्ने निष्कर्षसहित आयोगले गर्ने अध्ययनको निष्कर्षका आधारमा हदम्यादसम्बन्धी निर्णय हुने भएको छ।




आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा भएको यौन हिंसाको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि हदम्याद हटाउने वा समय थप्ने भन्ने विषय उठेको हो। १६ वर्षीया किशोरीले हदम्यादका कारण न्याय नपाउने भएपछि त्यसलाई हटाउन माग गरिएको हो।

यद्यपि, त्यस घटनाको अपहरण तथा शरीर बन्धकसम्बन्धी ऐनमा टेकेर मुद्दा चल्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कानुन समयअनुसार संशोधन हुनुपर्ने बताएका छन्। उनले कुनै कानुन एउटा मात्रै घटनाले र एउटा व्यक्तिले चाहेर संशोधन गरिने विषय नभएकाले गहिरो अध्ययन हुनुपर्ने बताए। अध्ययनबाट आउने निचोडअनुसार हदम्यादसम्बन्धी कानुन संशोधन गरिने उनको भनाइ थियो।

‘जबर्जस्तीकरणीमा हदम्याद धेरैपटक विवाद भएको विषय हो। एउटा घटनाले इस्यु उप्कियो। हाम्रो कानुन आयोगको थिंक ट्यांकलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ,’ मन्त्री शर्माले भने, ‘कानुन संशोधन गर्ने कि नगर्ने भनी मन्त्रीले भन्ने विषय पनि होइन। त्यसको उत्तर समाजले दिने हो ।’ २०२० सालमा बनेको मुलुकी ऐनमा बलात्कारको मुद्दामा ३५ दिनभित्र मुद्दा दिनुपर्ने कानुनी व्यवस्था थियो। हदम्यादका कारण जबर्जस्तीकरणीमा परेका थुप्रै पीडितले मुद्दा दिन नपाएपछि व्यापक विरोध भएको थियो।

त्यसपछि २०७२ सालमा केही नेपाल संशोधन  ऐनमार्फत जर्बजस्तीकरणीको हदम्याद बढाएर ६ महिना बनाइएको थियो। त्यसपछि २०७५ भदौ १ मा जारी भएको मुलुकी फौजदारी संहितामा बलात्कार मुद्दामा हदम्याद बढाएर एक वर्ष पुर्‍याएको थियो। कानुन आयोगको अध्ययनले निकालेको निष्कर्षअनुसार हदम्याद संशोधन गर्ने कि नगर्ने भन्ने निर्णय हुने मन्त्री शर्माले बताएका छन्। उनले भने, ‘आवश्यक भए कानुन संशोधन हुन्छ। त्यसको सकारात्मक, नकारात्मक दुवै पाटो हेरेर अध्ययन गर्नुपर्छ ।’ यो विषयमा प्रत्येक विश्वविद्यालयमा युवाबीच छलफल हुुनुपर्ने र सामाजिक वादविवाद गर्नुपर्ने उनले बताए।

कानुनको मस्यौदा गर्ने कानुन बनाउँदा आवश्यकता र औचित्यसमेत विचार गरी व्यापक अध्ययन, अनुसन्धान र विचार, विमर्श गरेर गर्न आवश्यक हुन्छ। त्यस्तै उद्देश्यले कानुन तर्जुमाका लागि नेपाल कानुन आयोग बनेको हो। कानुन आयोगलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विशेषज्ञको रूपमा कानुन संशोधन र नयाँ तर्जुमाका लागि काम गर्न परामर्शका लागि जिम्मेवारी दिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन हुने

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधनको तयारीमा रहेको बताएका छन्। २०७८ चैत २४ मा कार्यभार सम्हालेका कानुनमन्त्री शर्माले संक्रमणकालीन न्यायपीडित केन्द्रित रहेर काम गर्ने पहिलो निर्णयसमेत गरेका थिए। कानुन तर्जुमाका लागि सातै प्रदेशमा क्षेत्रीय परामर्श गरेर कानुन संशोधन गर्ने जानकारी दिए। ‘सत्य, न्याय र परिपूरणको विषयमा कानुन बनायौं, दुई आयोग बनायौं। तर काम हुन सकेन।

कानुन संशोधनको तयारीमा छौं,’ उनले भने, ‘सर्वोच्च अदालतको फैसला, अन्तरिम संविधानले दिएको सुनिश्चितता, सातै प्रदेशबाट आउने सुझावका आधारमा कानुन संशोधन गरिनेछ ।’ बजेटपछि कानुन संशोधनको प्रक्रियामा अघि बढ्ने मन्त्री शर्माको दाबी छ। असारसम्ममा कानुनी प्रक्रिया पूरा गरी संक्रमणकालीन न्यायको विषय टुंगाउन लाग्ने उनले बताए।

सातै प्रदेशमा पुगेर पीडितहरूसँग छलफल गरी दुई आयोगको विषयमा पनि सरकारलाई सुझाव दिइने बताइएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नगरेको द्वन्द्वपीडितहरूले बारम्बार गुनासो गर्दै आएका छन्। दुवै आयोगले द्वन्द्वपीडितको पक्षमा काम गर्न नसकेकाले आयोगहरू खारेजीको मागसमेत गर्दै आएका छन्। आगामी असारमा दुवै आयोगका पदाधिकारीको कार्यकाल सकिँदैछ। अब आयोगका पदाधिकारीको कार्यकाल थप गर्ने कि नगर्ने भन्ने विषयमा सातै प्रदेशमा द्वन्द्वपीडितहरूसँग छलफल गरिने मन्त्री शर्माले बताएका छन्।

‘न्यायाधीश नियुक्ति सुधार्छौं’

अदालतमा न्यायाधीश नियुक्तिमा जहिल्यै विवाद आउने गरेको छ। न्यायपरिषद् सचिवालयको बैठक बसेर न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ। न्याय प्रशासनको विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट सुरु हुने एक अध्ययन प्रतिवेदनको निष्कर्ष छ। न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित अध्ययन समितिले न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न सुझावसहित प्रतिवेदन पेस गरिसकेको छ।

प्रतिवेदनमा न्यायपालिकामा देखिएका विकृति, विसंगति, भ्रष्टाचार, बिचौलियाको सुरुवात न्यायाधीश नियुक्तिबाटै भएको उल्लेख गरेको छ। त्यसै प्रतिवेदनलाई आधार मानेर न्यायाधीश नियुक्तिमा सुधार गर्नेगरी प्रक्रिया थालिएको न्यायपरिषद्का सदस्यसमेत रहेका मन्त्री शर्माले बताए। उनले न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि निर्देशिका बनाउन थालेको बताए।

अबदेखि योग्य र सक्षमलाई न्यायाधीश नियुक्तिका लागि मापदण्ड बनाउन लागिएको मन्त्रीको दाबी छ। तत्कालै सर्वोच्च अदालतमा पाँचजना मुख्य न्यायाधीश, विभिन्न जिल्लामा २४ न्यायाधीश रिक्त छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस