कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
२९ वैशाख २०७९
•
१ मिनेट पाठ
कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।




बुधबार राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजार नजिकै २ समूहबीच झडप भएको प्रहरीले जनाएको छ। मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिकको विपन्न बस्ती पुगेका दुवै समूहबीच जम्काभेट हुँदा झडप भएको हो।

इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। 
अर्को समाचार
काँग्रेस र एमालेको घरदैलाेमा दुई पक्षीय विवादपछि झडप
२३ वैशाख २०७९
•
२ मिनेट पाठ
काँग्रेस र एमालेको घरदैलाेमा दुई पक्षीय विवादपछि झडप
चुनावी प्रचारका क्रममा दुहवी वडा नं. ९ छातावेलीमा दुई समूहबीच भएको विवादपछि भएको झडप। तस्बिरः नागरिक
आसन्न वैशाख ३० गतेको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा शुक्रबार सुनसरी दुहवी वडा नं. ९ मा काँग्रेस र एमालेका नेता/कार्यकर्ताबीच विवादपछि झपड भएको छ। बेलैमा प्रहरी परिचालन गरिएकाले घटना सहजै साम्य भएको छ।  




घटनाक्रम अनुसार दुहवी वडा नं. ९ को छातावेलीमा काँग्रेसका वडाध्यक्षका उम्मेदवार मेहदी हुसेनको नेतृत्व र एमालेका वडाध्यक्षका उम्मेदवार ताबिज हुसेनको नेतृत्वमा घरदैलो अभियान बिहान १० बजेतिर चलिरहेको थियो। एउटै टोलका वडाध्यक्षका उम्मेदवारले घरदैलो गरी रहेका बेला एमाले वडाध्यक्ष ताबिज नेतृत्वकाे टोलीले काँग्रेस वडाध्यक्ष मेहदीको घर अगाडि ठूलो आवाजमा डिजे बजाएको निहुँमा विवादपछि झडप भएको हो। झडपपछि केही बेर छातावेलीको स्थिती तनावग्रस्त बन्यो।  

‘विवादपछि होहल्ला हुनासाथ प्रहरी परिचालित गरेर दुवै समूहलाई तितरबितर पारियो,’ इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक जयदेव माझीले भने। उनका अनुसार एमालेका घरदैलो अभियाना प्रयोग गरिएको गाडीको सिसा पनि फुटेको छ। तर, कसले फुटाएको भन्नेबारे खुली नसकेको माझीले बताए।  

‘गाडीको सिसा फुटाएको विषयमा कसैले पनि स्वीकार गरेका छैन,’ माझीले भने, ‘दुवै पक्षलाई छलफलमा राखिएको छ, छलफलबाट घटना साम्य हुनेछ।’ दुहवी वडा नं. ९ को छातावेली मुस्लिम समुदायको बाहुल्यता भएको बस्ती हो। अहिले प्रहरीले छातावेलीमा गस्ती बढाएको छ।  

यहाँ अरु बेला पनि मुस्लिम समुदाय विभाजित भएर विवाद हुने गरेको छ। दुई वर्षअघि कोरोना महामारीका बेलामा समेत वडा कार्यालयले राहत वितरण गर्ने क्रममा विवाद भएर उग्र रुप लिएपछि दुई समूहबीच कुटाकुट भएको थियो। यहाँ मुस्लिम समुदाय दुई समूहमा विभाजित भएकै कारणले गर्दा शुक्रबार निर्वाचनका लागि चुनावी घरदैलो अभियानमा पनि पुरानै रिसिइबीले गर्दा विवादपछि झडप भएको स्थानीय गाउँलेले जनाएका छन्।  

यहाँ मुस्लिम समुदायका अगुवाबीच कसको बोलबाला हुने भन्ने कुराले गर्दा पनि बेला बेलामा विवाद भएर उग्र रुप लिने गरेको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस