सीमामा हुनसक्ने जोखिमप्रति सचेत रहन मानवअधिकार आयोगको सुझाव
२४ वैशाख २०७९
•
३ मिनेट पाठ
सीमामा हुनसक्ने जोखिमप्रति सचेत रहन मानवअधिकार आयोगको सुझाव
राष्ट्रिय मानवअधिकार आयोगले जिल्लामा स्वच्छ र भयरहित रूपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्न अन्तर्राष्ट्रिय सीमाका कारण हुनसक्ने जोखिमबारे सचेत गराएको छ। आयोगको अनुगमन टोलीले इलामसँग जोडिएको अन्तर्राष्ट्रिय सीमालाई ध्यानमा राखेर सुरक्षा रणनीति बनाउन पनि सुझाएको हो।




निर्वाचन हुनुअघिको अवस्था स्थलगत अनुगमन गर्न आएको टोलीले जिल्लाको सुरक्षा निकायलाई यस्तो सुझाव दिएको आयोग सदस्य लिली थापाले बताइन्। ‘निर्वाचनका बेला विवाद, झडपजस्ता सम्भावित घटना नहून् भन्ने हिसाबले आयोगले सुरक्षा निकायलाई सचेत गराएको छ,’ उनले भनिन्, ‘इलामसँग अन्तर्राष्ट्रिय सीमा जोडिएकाले निर्वाचनका बेला त्यस्ता स्थानबारे सचेत रहन भनेका हौं।’ इलामको साढे ५२ किलोमिटर भू–भाग भारतसँग जोडिएको छ।  

‘संविधान मान्दिनँ’ भन्ने समूहहरूबाट हुनसक्ने जोखिमबारे पनि आयोगले सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ। ‘अहिले यस्ता समूहको गतिविधि जिल्लामा खासै नदेखिएपनि यसअघि छिटफुट घटना भएकाले त्यसबारे सचेत रहन पनि ध्यानाकर्षण गरेका छौं,’ सदस्य थापाले भनिन्, ‘यदि कुनै अप्रिय घटना आइलागे त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे पूर्वतयारी गर्न सुझाइएको छ।’

टोलीले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अन्य मतदातालाई मतदानस्थलसम्म सहज रूपले पुग्ने वातावरण बनाउनेबारे विशेष चासो राखेको छ। घरबाट मतदान केन्द्र टाढा भएका शारीरिक हिसाबले असक्त मतदातालाई सहज रूपले त्यहाँसम्म लैजाने, प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न–गराउन आयोगले जिल्लाका सरोकारवालालाई सचेत पनि गराएको छ। आयोग सदस्य थापाले इलाममा कोभिडको जोखिम अझै हटिनसकेकाले त्यसबाट बच्नेगरी मतदानको व्यवस्था मिलाउन पनि सुझाव दिएको बताइन्। ‘निर्वाचन आयोगलाई पनि हामीले मानवअधिकारमैत्री आचारसंहिता बनाउन सुझाव पेस गरेका थियौं,’ उनले भनिन्, ‘अहिले कसैको पनि मतदान गर्न पाउने हक हनन नहोस् भन्ने उद्देश्यले निर्वाचनपूर्वको अनुगमन भइरहेको छ।’  

आयोगले यसअघि पनि सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र नतोक्न निर्वाचन आयोगलाई सुझाव दिएको थियो। तर, जिल्लाका सबैजसो मतदान केन्द्र सामुदायिक विद्यालयलाई नै तोकिएको छ। आयोगले यसबारे निर्वाचन आयोगलाई पुनः ध्यानाकर्षण गरेको छ। ‘मानवअधिकार आयोगले सम्भव भएसम्म विद्यालयहरूमा मतदानस्थल नतोक्न यसअघि धेरैपटक सुझाएको थियो,’ सदस्य थापाले भनिन्, ‘बालबालिकालाई प्रत्यक्ष असर पर्ने यो विषय चाहिँ अहिलेसम्म कार्यान्वयन भएको देखिएन, अहिले पनि मतदानस्थलका रूपमा बढीजसो सामुदायिक विद्यालयलाई नै तोकिएको रहेछ।’ इलाममा चाहिँ विद्यालयको वार्षिक परीक्षा सकिएका कारण अधिकतर विद्यालय निर्वाचनका बेला छुट्टी हुने देखिएको छ।  

आयोगले निर्वाचनको अनुगमनका लागि केन्द्रीय तहमा मूल अनुगमन समिति गठन गरेको छ। आयोग सदस्य, सचिव, प्रदेश कार्यालयका प्रमुखहरू समितिमा छन्। समितिले निर्वाचनअघि, निर्वाचनका बेला र निर्वाचनपछिको अवस्था अनुगमन गर्नेछ। निर्वाचनको प्रभावकारी अनुगमनका लागि आयोगले थप ४ समूह पनि गठन गरेको छ। यस्ता समूहले निर्वाचनका बेला हुनसक्ने घटनामा आकस्मिक उद्धार–समन्वय र नीतिगत व्यवस्था अनुगमनलगायत विभिन्न क्षेत्रमा काम गर्नेछन्।  

आयोगकी अनुगमन संयोजक तथा उपनिर्देशक मञ्जु खतिवडाले अनुगमन गरिने क्षेत्रको कार्ययोजना ‘चेक लिस्ट’ तयार गरिएको बताइन्। ‘आयोगले ७७ वटै जिल्लामा अनुगमन गर्दैछ,’ उनले भनिन्, ‘१ नम्बर प्रदेशमा वैशाख २२ मा अनुगमन सुरु भएको छ। अहिले जिल्ला–जिल्लामा अनुगमन गरिरहेका छौं।’  

निर्वाचनपूर्वको चरणमा ज्येष्ठ नागरिक, महिला, गर्भवती महिलालगायतले पनि सहज ढंगले मतदान गर्न पाउने अधिकार सुनिश्चिताको अवस्था अनुगमन गरिरहेको उनले बताइन्। ‘टोलीले इलाममा भएको नमुना मतदानको पनि अनुगमन गरेको छ,’ खतिवडाले भनिन्, ‘नमुना मतदानको अवस्था ठिकै देखिएको छ, सबै मतदान केन्द्रमा अपांगता भएका व्यक्तिलाई पनि सहज तरिकाले मतदानको व्यवस्था मिलाउन सुझाव दिएका छौं।’

आचारसंहिता पालना नभएको अवस्थामा जिल्ला तहको संयन्त्रले कसरी काम गर्छ भन्नेबारे पनि आयोगले सुरक्षा निकायसँग जिज्ञासा राखेको थियो। ‘अहिलेसम्म आचारसंहिता उल्लंघबारे खासै उजुरी नआएको र मौखिक उजुरी आएकामा तत्कालै नियमन भइरहेको जानकारी पायौं,’ उनले भनिन्, ‘आचारसंहिता अनुगमन गर्न जिल्लामा समिति बनेको रहेछ।’  

खतिवडाले निर्वाचनअघि, निर्वाचनका बेला र त्यसपछि मानवअधिकार उल्लंघनका कुनै घटना भए सोझै आयोगको कार्यालयमा सम्पर्क गर्ने व्यवस्था पनि मिलाएको उनले बताइन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस