विराटनगर विमानस्थलको रनवेमा आइतबार बिहान ८ बजेतिर एक्कासी दन्किँदै गरेको आगोको कालो धुँवाको मुस्लोले आकाशै एकाएक कालोमैलो भएपछि सबै त्रसित भए।
लौ! प्लेनमा आगो लाग्यो भन्दै छेउछाउका मात्रै होइन विमानस्थलभित्रका कर्मचारी, प्रहरी, सेना र आगन्तु आगलागी भएको ठाउँतिर दुगुर्न थाले। विमानस्थल खुलेसँग तैनाथीका साथ रहने दमकल र एम्बुलेन्स साइरन बजाउँदै रनवेतिर दर्गन थालेपछि एकाएक विमानस्थलमा भीडभाड मात्रै बढेन, त्यहाँ एकखाले कोलाहल नै मचिन थाल्यो। विमानस्थलभित्र रहेको दमकलले रनवे क्षेत्रभित्र जहाजमा आगो लाग्यो भने १ देखि २ मिनेटभित्र पुगेर स्थितिलाई आफ्नो नियन्त्रणमा लिनु पर्ने हुन्छ।
विराटनगरबाट काठमाडौं उडेको एक्ससाइज एयर ००४ को जहाज उड्ने क्रममा चरासँग ठोक्किन गई उडेको थियो। जहाज उडे पनि केही समयपछि समस्या आएपछि पुनः विराटनगरमै आपतकालीन अवतरण गर्नुपर्ने बाध्यता आयो। जहाज उडेपछि इन्जिनमा समस्या देखिनसाथ नजिकै रहेको विराटनगर विमानस्थलमा आपतकालीन अवस्थामा अवतरण गर्नुपर्ने विमानस्थलको कन्ट्रोल रुममा चालक दलका सदस्यले खबर गरे। जहाज जबरजस्ती अवतरण गर्नुपर्ने अवस्था आएको भन्दै कन्ट्रोल रुमले त्यहाँ सबै पक्षलाई तत्कालै खबर गरेर तैनाथीका लागि आग्रह गरे।
विमानस्थलले आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सबै तयारी तत्कालै गर्यो। उडान भरेको २० मिनेटमै जहाज दुर्घटनाग्रस्त भयो। विमान चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेको जहाज अवतरण भएको दुई मिनेटभित्रै एक्कासी जहाजमा आगो दन्कियो र धुँवाको मुस्लो छुट्यो। जहाजमा आगो लागेको देख्नसाथ दमकल र एम्बुलेन्स त्यसतर्पm हुइँकिए। विमानस्थलमा रहेको नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी, रेडक्रस र विमानस्थलका कर्मचारी थप उद्धारका लागि इस्टे«चर लिँदै दौडन थाले। यसैबीच चारैतिर होहल्ला हुन थालेको थियो विमानस्थलभित्र जहाजमा आगो लाग्यो भनेर। प्रहरीले थप मद्दतका लागि विराटनगर महानगरपालिकाको दमकललाई समेत बोलायो।
विमानस्थलमा रहेको आधुनिक दमकल जसले एकै पटक एउटै नलबाट आगो निभाउने केमिकल र पानीको फोहरा फ्याक्न सक्छ। जसका कारण आगो नियन्त्रणमा आए पनि जहाजको केही भाग जलिसकेको थियो। दुर्घटनामा चार जना यात्रुको मृत्यु भयो भने ५ जना गम्भीर घाइतेमध्ये १ जना नोबेल अस्पताल, २ जनाको आर्या न्यूरो, १ जनाको हाम्रो अस्पताल र १ जना विराट नर्सिङ होममा उपचार भइरहेको छ। सामान्य घाइतेहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचारपछि उनीहरुलाई आफन्तको जिम्मा दिएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल लगिएको विमानस्थका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए।
यो दृश्य वास्तविक नभई विराटनगर नागरिक उड्डयन प्राधिकरणले जहाज दुर्घटना भएका बेला हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास मात्रै थियो। सबै जनालाई बिना पूर्व सूचना गरिएको अभ्यासका कारण त्यहाँको वातावरण त्रासपूर्ण बन्नुका साथै विमानस्थल वरपरका स्थानीय आत्तिएका थिए।
‘विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यास गरेका हौं,’ विराटनगर विमानस्थलका प्रमुख उसवराज खरेलले भने, ‘विमानस्थलमा यस्तो अभ्यास प्रत्येक दुई वर्षमा गर्ने गरेका छौं।’ विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर, अवस्थालाई बढाउन र उद्धारलाई प्रभावकारी बनाउन तथा उद्धारकर्मीको क्षमता बढाउन पनि पूर्व अभ्यासले महत्वपूर्ण हुने खरेलले बताए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...