अर्घाखाँचीको भुमिकास्थानमा भारी वर्षासंगै आएको बाढीले बगाउँदा एक बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका–१, ढाकाबाङको बेसारेखोलामा आएको बाढीले बगाउँदा ८ वर्षीया शिवानी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्युठानको मल्लरानी गाउँपालिका–२ स्थाई घर भएकी शिवानीलाई दिदीको घर ढाकाबाङ आउने क्रममा शुक्रबार साँझ बाढीले बगाएको थियो। दिदी दुर्गा घर्तीसंगै आएकी बहिनीलार्ई बाढीले बगाएपछि उनले तत्कालै प्रहरीलाई खबर गरेकी थिइन्। गएराति अबेरसम्म प्रहरीले फेला पार्न नसकेपछि शनिबार बिहान पुनः स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्दा हिलोमा गडेको अवस्थामा शव फेला परेको थियो।
शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए।