स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकाका लागि उपमेयरको उम्मेदवार शिल्पा निराला कार्कीविरुद्ध उजुरी परेको छ।
मंगलबार उपमेयरको उम्मेदवार कार्कीसहित ३ जना महिला वडासदस्यविरुद्ध उजुरी परेको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। कार्की विराटनगरस्थित कोसी अस्पताल विकास समितिको सदस्य रहेको दाबीसहित दलीय गठबन्धनतर्फ जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका हुन्। यादवले दिएको उजुरीमा अस्पतालको विकास समिति सदस्य कायम रहेको अवस्थामा उपमेयरमा उम्मेदवारी दर्ता गरेको हुँदा उम्मेदवारीको खारेजीको माग गरिएको छ।
वडा नम्बर ८ मा २ महिला र वडा नम्बर १३ की १ जना महिलाविरुद्ध उजुरी परेको छ। वडा–८ बाट मनोनयन दर्ता गराएकी गीता मुखिया र सुशीला सहनीविरुद्ध दलित नभएको उजुरी परेको छ। वडा– १३ मा गौरीकुमारी वैश्यविरुद्ध भने अदालतले तोकेको जरिवाना नतिरेको विषयमा उजुरी परेको छ। उम्मेदवारहरुकाविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृत भरत लम्सालले आवश्यक जाँचबुझ गरेपछि मात्र निर्णय हुने सूचना अधिकारी बुढाथोकीले बताए।