जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख, मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले सोवाग्राहीबाट लिएको १ लाख ५० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको छ।
बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको अभियोगमा पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
सेवाग्राहीबाट लिएको अतिरिक्त रकम १ लाख ५० हजार रुपैंया सहित मालपोत अधिकृत पनेरुलाई नियन्त्रणमा लिएको भन्ने जानकारी आएको छ’ प्रवक्ता भण्डारीले भने। उनले थप बिषयपछि थाह हुने समेत बताए। फुङ्लिङ वडा नं ४ को कोप्चेलाइनसहित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
गत साउन महिनाबाट चलेको यो प्रकृयाको कागजी प्रकृया भइसकेको र लेनदेनकै कारण सम्वन्धित धनीलाई कागजात भने बुझाउन बाँकी रहेको अवस्थामा यो घटना भएको समेत अख्तियारले प्रारम्भिक जानकारी दिएको छ।