मोरङको ग्रामथान गाउँपालिका–७ मा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ।
दुर्घटनामा परी घाइते भएकी सुनसरी इटहरी–८ की २१ वर्षीय रेश्मा नेपालीको उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प २२०३ नम्बरको मोटरसाइकलमा सल बेरिएर दुर्घटना हुँदा नेपालीको मृत्यु भएको थियो। मोटरसाइकलका चालक ग्रामथान–७ घर भएका प्रहरी जवान ३० वर्षीय निरजकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक चौधरीले टिपरको ठक्करका कारण दुर्घटना भएको दाबी गरेपछि प्रदेश १–०२–००१ ख ८१०३ नम्बरको टिपर र चालक मोरङको बुढीगंगा गाउँपालिका–७ का ३४ वर्षीय हर्कबहादुर तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
त्यसैगरी, मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरी पक्राउ गरेको छ। विराटनगर–९ का ४० वर्षीय मो. ताहिर अन्सारी र सोही ठाउँका २९ वर्षीय मो.आलमलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
विराटनगर–७ मा पार्किङ गरी राखेको को ४ प ९७२५ नम्बरको मोटरसाइकल चोरी गरी भारततर्फ लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। दुवै जनालाई चोरी कसुरमा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।