ब्रिटिस आर्मी र सिगांपुर प्रहरी भर्तीका क्रममा‘रकमको मोलतोल हुन्छ’भनेर चलाइएको हल्ला सत्य नभएको भन्दै सम्वन्धित पक्षले क्षमता र योग्यताको आधारमा मात्र ब्रिटिस आर्मी र सिगांपुर प्रहरी भर्ती हुने दावी गरेको छ।
ताप्लेजुङको फुङ्लिङस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलमा अध्ययरत विद्यार्थीहरुलाई लक्षित गर्दै गोर्खा रिक्रुटिङ केन्द्र पोखराबाट आएका अधिकारीले सम्वन्धित व्यक्तिको योग्यता र क्षमतालाइ कुल्चिएर पैसा र प्रभावमा भर्ती नहुने बताए। ‘कसैले यति पैसा लाग्छ र उति पैसा लाग्छ भनेर हल्ला चलाएको छ भने त्यो विश्वास नगर्नुहोस् र उसको पछि पनि नलाग्नुहोस्,’ ब्रिटिस आर्मीका सेवानिवृत क्याप्टेन गणेशमान राईले भने।
उनले यसरी हल्ला चलाएर कसैले आर्थिक प्रलोभनको शिकार बनाउन खोजेको भए त्यस्ता विरुद्ध निगरानी र सतर्कता बढाउन आग्रह गरे। ब्रिटिस आर्मीमा बहालवाला क्याप्टेन रहेका गणेशमान गुरुङले चरण–चरणका प्रकृया पारगरेपछि मात्र ब्रिटिस आर्मी र सिगांपुर प्रहरीमा भर्ती हुन सकिने भएकोले योग्यता र क्षमताबाहेक अरु केही कारणले भर्ती हुन नसकिने बताए। चिनजान, आफन्त, नातागोता, प्रभाव र रकमको लेनदेनबाट भर्ती हुने भन्ने बिषय सरासर झुट र अफवाह मात्र भएको उनको भनाइ थियो।
सिगांपुर प्रहरीबाट सेवा निवृत चिफ अफ इन्सपेक्टर देवेन्द्र राना मगरले ब्रिटिस आर्मी र सिगांपुर प्रहरी भर्ती प्रकृयाको मार्गप्रसस्त उसको योग्यता र क्षमताले गर्ने प्रष्ट्याए। उनले भर्ती छनौट प्रकृया पारदर्शी हुने र छनौटका क्रममा क्रस चेक समेत हुने भएकोले छनौट प्रकृया त्रुटी रहित हुनेमा विश्वास दिलाए। राष्ट्रिय सेवा दलको तालिमप्राप्त जनशक्ति समेत भएको स्थानको छनौट गरी लिटल बुद्धमा ब्रिटिस आर्मी र सिगांपुर प्रहरी भर्ती प्रकृयाका बारेमा सम्वन्धित अधिकारीबाट अभिमुखीकरण गराइएको लिटल बुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले बताए।
अभिमुखीकरणको क्रममा राई, गुरुङ र मगरले छनौट प्रकृयाको प्रारम्भिक तहदेखि अपनाउनुपर्ने बिधि र प्रकृया तथा छनौट भईसकेपछि हुने सेवा वृत्तिविकाससहितका समग्र बिषयमा जानकारी गराएका थिए।