६ वर्षीया बालिकासंग जबरजस्तीकरणी गरेको आरोपमा पर्सामा प्रहरीले एक जना ५५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले जनाए अनुसार जिल्ला बारा प्रसौनी घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ५५ को पलट चौधरीले चैत २६ गते का दिन दिउँसो १ बजे पीडित ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।
बालिका खेल्नका लागि घरबाट निस्केको मौका छोपी चौधरीले आफू बस्ने गरेको घरको कोठाभित्र लगेर जबरजस्ती करणी गरेको बालिकाको अभिभावकले जाहेरी दिएका छन्। जाहेरी दरखास्त दिएको केही घण्टाभित्रै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयमा शुक्रवार बालिकाका परिवार जनाले दिएको जाहेरी दरखास्तको आधारमा पलट चौधरीलाई शुक्रवार दिउसो ११ बजे घरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।
बलात्कारको प्रयास
यसअघि एक जना १५ वर्षीया बालिकासंग बलात्कारको प्रयास (बबरजस्ती करणी उद्योग) मुद्दामा पर्साको पटेर्वासुगौली गाउँपालिका –४ बस्ने वर्ष २२ को आदेश पटेललाई गत सोमबार अर्थात चैत २८ मा प्रहरीले पक्राउ गरेको छ।
एक दिन अगाडि चैत २७ गते अन्दाजी राति साढे १० बजे १५ वर्षीया बालिकालाई पिछा गरी उनी घरनजिकको गोठमा दाउरा लिन पुगेको समयमा जबरजस्ती करणीको प्रयास गरेको आरोप पटेलमाथी लागेको छ।
बालिकाले हारगुहार गरेपछि आरोपित व्यक्ति तत्काल भागेको र पछि बालिकाका अभिभावकको जाहेरी दरखास्तको आधारमा खोजतलासको गरी अर्को दिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको। पटेललाई नियन्त्रणमा लिई जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान भइरहेको खनालले बताए।