पश्चिम तराईमा तातो हावा चल्न थाल्यो
०२ वैशाख २०७९
•
१ मिनेट पाठ
पश्चिम तराईमा तातो हावा चल्न थाल्यो
बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवालगायतका क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।




दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ। दिउँसो १२ बजेदेखि दुई बजेसम्म तातो हावा चल्न थालेको छ। तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित हुँदै गएको छ। शुक्रबार भैरहवामा सबैभन्दा बढी तापक्रम थियो।

जल तथा मौसम विज्ञान कार्यालयका अनुसार भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्यो। भैरहवामा पनि तातो हावा चलेको थियो। नेपालगन्जमा ३९ डिग्री सेल्सियस तापक्रम पुग्यो भने घोराहीमा ३६.३ पुगेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले बताए।

उनका अनुसार दैनिक तराई तथा पहाडी जिल्लामा तापक्रम बढ्दो छ। नेपालगन्जसहित तराईका केही जिल्लामा तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले बताए। ‘तातो हावा सुरु भइसकेको छ,’ उनले भने, ‘यसलाई लु भनेर घोषणा गरिएको छैन।’ दैनिक चार÷पाँच घण्टा तातो हावा चल्यो भने लु भन्न मिल्ने उनको भनाइ छ। उनका अनुसार यहाँ दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा चल्ने गर्छ। उनका अनुसार अझै तीन÷चार दिनसम्म गर्मी बढ्न सक्छ। त्यसपछि केही बादल लाग्ने उनले बताए।

पश्चिम तराईमा गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनु पर्ने उनी बताउँछन्। ‘तातो हावा चल्न सुरु भएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अरु बेला घर बाहिर निस्किनू हुँदैन। निस्कनै परे सावधानीपूर्वक हिँड्डुल गर्नुपर्छ।’ ‘दिउँसो घरभित्र पंखा लगाउँदा पनि तातो हावा आउँछ,’ नेपालगन्जका विक्रम श्रेष्ठले भने, ‘तातो हावा चल्न थाल्दा समस्या भएको छ।’
अर्को समाचार
पश्चिम तराईमा चल्न थाल्यो तातो हावा
१२ वैशाख २०८१
•
२ मिनेट पाठ
पश्चिम तराईमा चल्न थाल्यो तातो हावा
गर्मीमा ठेलाबाट सामान ओसार्दै मजदुर। तस्बिर: गणेश/नागरिक
बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवालगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।




तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित हुँदै गएको छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार शनिबार भैरहवामा सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो। यहाँको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस र न्यूनतम २१.४ डिग्री सेल्सियस मापन भएकाे थियाे।

जल तथा मौसम विज्ञान कार्यालयका अनुसार नेपालगन्जमा अधिकतम ३८.४ र न्यूनतम १९.८ डिग्री सेल्सियस तापक्रम पुगेको छ भने घोराहीमा ३५.४ डिग्री सेल्सियस पुगेको छ।

त्यस्तै, धनगढीको अधिकतम तापक्रम ३८.२ र न्यूनतम १९ डिग्री सेल्सियस पुगेको र दिपायलको तापक्रम ३५.५ पुगेको कार्यालयले जनाएको छ। पछिल्ला दिनमा यहाँको तापक्रम बढ्दो क्रममा छ।

नेपालगन्जमा हप्ता दिनदेखि तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामविकेश रायले जानकारी दिए।

‘चार/पाँच दिनदेखि लगातार तातो हावा चल्नुलाई ‘लु’ भन्ने गरिन्छ,’ उनले भने, ‘नेपालगन्जमा त हप्ता दिनदेखि तातो हावा लागेको छ। यो ‘लु’ चाहिँ हो। मौसम पूर्वानुमान महाशाखाले भने अहिले नै ‘लु’ भनिसकेको अवस्था छैन।’

बिहान १० बजेदेखि साँझ ५ बजेसम्मै ताता हावा लाग्ने गरेको उनको भनाइ छ। तातो हावा चल्न सुरु भएसँगै अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ। मौसमी ज्वरोका बिरामीहरुको संख्या बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गर्मी बढेसँगै साँझको समयमा घुमफिर गर्ने तथा चिसो पेय पदार्थ पिउनेहरूको संख्या बढ्न थालेको छ । गर्मीले मानिस मात्र हैनन्, पशुपन्छीसमेत प्रभावित भएका छन् । तापक्रम वृद्धिले हुने अत्यधिक गर्मीले मानिसहरूको चहलपहल बजारमा समेत दिउँसोको समयमा घट्न थालेको व्यवसायी बताउँछन् ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै: थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन्।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस