मोरङको रतुवामाई नगरपालिका–६ का २८ वर्षीय तीर्थ निरौला सुतेकै ठाउँमा बिहीबार राति मृत फेला परेका छन्।
निरौलालाई सुनवर्षी–६ का हरि राजवंशीको घरमा बिहीबार राति साढे ९ बजेतिर मृत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पेट दुखेको भन्दै राजवंशीको घरमा आराम गरेर सुतेका निरौलालाई सुतेकै ओछ्यानमा मृत फेला पारिएको हो।
भोजपुर–विराटनगर चल्ने बसमा सहचालकका रूपमा निरौला काम गर्दै आएको खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान थालिएको जनाएको छ।
यसैगरी, जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले ३२ वर्षीया श्रीमती पानो टुडुको कुटपिट गरी हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। नारायणले मादक पदार्थ सेवन गरेर गत चैत २९ गते श्रीमतीलाई कुटपिट गरेर घाइते बनाएका थिए।
घाइते टुडुको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न श्रीमान नारायण फरार रहेकाले खोजी भइरहेको र घटनाको अनुसन्धान थालिएको छ।