लिखत पारित सुरुवातको सय वर्ष पूरा
०२ वैशाख २०७९
•
४ मिनेट पाठ
लिखत पारित सुरुवातको सय वर्ष पूरा
नेपालमा जग्गासम्बन्धी लिखत सुरु भएको एक सय वर्ष पुगेको छ। सो अवसरमा उदयपुर मालपोत कार्यालयले बिहीबार ‘लिखत पारितको शतवार्षिकी कार्यक्रम’ आयोजना गरेको छ।




तत्कालीन राज्य सञ्चालकहरूले जमिनमा कुत (कर) लिने प्रावधानको सुरुवात स्वरूप मालपोत असुली कार्य थालिएको मिति यकिन नभए पनि सय वर्षयता भने विधिवत जग्गाको स्वामित्व व्यक्ति वा संस्थाको नाममा लिखत पारित गर्ने प्रचलन सुरु भएको मानिएको छ। नेपालमा महिषपाल र किराँत राजाहरूले जग्गा धनीपुर्जाजस्तै ‘लेख्य’ प्रमाण दिने र जमिनको उत्पादन परिमाण अनुसार रैती (जनता)बाट ‘कुत’ लिने व्यवस्था रहेको इतिहास छ।

इतिहासकारहरूका अनुसार भूमिकर उठाउने कुरा ऋग्वेद र अथर्व वेदमासमेत उल्लेख छ। लिच्छविकालमा ‘अधिकरण’ नामक अड्डाबाट जिन्सीको रूपमा जग्गाको तिरो असुली गर्ने तथा जग्गा व्यवस्थापनका लागि प्रशासन विकेन्द्रित गरिएको थियो भने मल्लकालमा भन्सार, व्यापार, प्रशासनिक र भूमि क्षेत्रमा राम्रो सुधार भएको इतिहास रहेको मालपोत अधिकृत कुमार खड्काले बताए।

उनका अनुसार राजा राम साहले जग्गा प्रशासनमा हले, पाटे, कोदाले, माटो, मुरी, विजन, मानाका आधारमा जग्गालाई एकाइमा विभाजित गरी लगत राख्ने गरेको इतिहास छ। त्यस्तै राजा जयस्थिति मल्लले जग्गाको नापजाँच गराउने र विर्ता जग्गा विक्री गर्न तथा बन्धक राख्न पाउने नियम बसालेका थिए।

लिखत पारित गर्ने आधुनिक परम्पराको सुरुवात संवत् १९७८ मा पोता रजिस्ट्रेसन अड्डा स्थापना गरेर थालिएको हो। घरजग्गाको हक अधिकार हस्तान्तरण प्रक्रिया लिखतमार्फत गर्न थालेको सय वर्ष पुगेकै अवसरमा कार्यक्रम आयोजना गरिएको मालपोत अधिकृत खड्काले बताए। उदयपुरमा भने २०३५ सालमा मालपोत कार्यालय स्थापना गरी कामकाज हुँदै आएको उनले बताए। राजीनामा पास र नामसारीबाट सुरु सेवा हालसम्म आइपुग्दा जग्गा धितो बन्धक, दृष्टि बन्धक, अष्ट लोह, वकस पत्र, अंशवण्डा, अंश भर्पाई, सट्टापट्टा, छोडपत्र, सगोलनामा, दानपत्र, दर्ताफारीलगायत विधिमार्फत लिखत पारित हुने गरेको छ।

नामसारी, दाखिला खारेज, घर कायम, रोक्का, फुकुवा, जग्गा धनीपुर्जा र स्रेस्ताहरूको प्रतिलिपि प्रदान गर्ने, छुट जग्गा दर्ता, मोहियानी हक, हकसाफीसम्बन्धी कार्य पनि हुँदै आएको अधिकृत खड्काले बताए। यसबाहेक सरकारी, सार्वजानिक जग्गाको लगत राख्ने, संरक्षण र संवद्र्धन गर्ने तथा राजस्व संकलन गर्नेजस्ता कार्य पनि हुँदै आएको छ।

पछिल्लो समय सदरमुकाम धाउन भौगोलिक कठिनाइ भएकाले स्थानीयलाई सेवा सहज दिने उद्देश्यले २०७१ सालमा तत्कालीन १६ गाविसवासीलाई कटारी नगरपालिकाको कटारी बजारमा मालपोत र नापी कार्यालय खोलेर त्यहीँबाट सेवा दिइँदै आएको छ। सो कार्यालयबाट हाल कटारीका १४ वडा र ताप्ली गाउँपालिकावासीले सेवा पाइरहेका छन्।

हस्तलिखित प्रणालीबाट सुरु भएको सेवा हाल परिमार्जन गर्दै सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्ने तहसम्म आइपुगेको छ। पहिले गरिँदै आएको हस्तलिखित प्रणालीलाई पनि प्रतिस्थापन गर्दै अहिले कम्प्युटर प्रणालीबाट सेवा लिन थालिएको छ। जसअनुसार २०७५ असोज २८ देखि सुरु गरेर २०७८ मंसिर १ गतेदेखि भू–सेवा केन्द्र स्थापना गरी सबै काम कम्प्युटरमार्फत अभिलेख स्वतः स्क्यान हुने व्यवस्था लागु गरिएको छ।

चालु वर्षमा ११ करोड राजस्व

मालपोत कार्यालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ११ करोडभन्दा बढी राजस्व संकलन गरिसकेको छ। जसअनुसार गएको फागुन मसान्तसम्म ११ करोड ५ लाख ७७ हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। सबैभन्दा बढी राजस्व रजिस्टे«सन दस्तुर र सेवा शूल्कबापत ८ करोड ७७ लाख ११ हजार संकलन भएको छ भने पुँजीगत लाभकरबापत २ करोड २८ लाख ६६ हजार रूपैयाँ उठेको छ।

कार्यालय प्रमुख खड्काले प्रस्तुत गरेको कार्यपत्र प्रतिवेदनअनुसार संकलित राजस्वमध्ये पुँजीगत लाभकर संघीय सरकारको कोषमा पठाउनुपर्ने व्यवस्था छ भने अन्य दस्तुर र सेवाशुल्कबापत रकमको ४० प्रतिशत हिस्सा प्रदेश सरकारलाई र ६० प्रतिशत स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ। खड्काका अनुसार जसअनुसार हालसम्मका संकलित रकममध्ये ३ करोड ५० लाख ८४ हजार रूपैयाँ प्रदेश र ५ करोड २६ लाख २७ हजार रूपैयाँ स्थानीय तहमा पठाइनेछ।

स्थानीय तहमा हुने कारोबारको आधारमा संकलित राजस्व बाँडफाँट हुने गरेको छ। ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तहमध्ये जिल्ला मालपोतमातहत ३ नगर र ३ गाउँपालिकालाई राजस्व बाँडफाँट हुने गरेको छ। जसअनुसार गाईघाट मालपोतमा संकलित राजस्व त्रियुगा, चौदण्डीगढी र बेलका नगर तथा लिमचुङबुङ, उदयपुरगढी र रौतामाई गाउँपालिकालाई बाँडफाँट गरिने खड्काले बताए।

कटारी र ताप्ली कटारी मालपोतको क्षेत्राधिकारभित्र पर्ने भएकाले सो कार्यालयमा संकलित राजस्व उनीहरूलाई बाँडफाँट हुने गरेको छ। कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १६ करोड ६१ लाख राजस्व संकलन भएको अभिलेख छ। जसमा रजिस्ट्रेसनबापत मात्र १० करोड २६ लाख संकलन भएको थियो भने बाँकी अन्य करबापत उठेको खड्काको कार्यपत्रमा उल्लेख छ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल, उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राई, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, लेखापढी व्यवसायी गोपाल दवाडीलगायतले भनाइ राखेका थिए।

त्यसैगरी नापी कार्यालय प्रमुख लालबाबु यादवले कार्यालयको सेवासुविधाबारे प्रस्ट्याएका थिए। उनले नापीमा नक्सा प्रिन्टिङ, फिल्ड रेखांकनलगायत सेवा प्रवाहबाट चालु आवको हालसम्म ११ लाख १३ हजार ७ सय १७ रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस