आसन्न स्थानीय तहको निर्वाचनका लागि सीमावार्ती क्षेत्रको मतदान स्थलको अनुगमन गर्न थालिएको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि भारतसँग सीमा जोडिएको मोरङका मतदान स्थलको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन सुरु गरिएको हो।
‘भारतसँग खुला सीमालगायतका कारण निर्वाचन सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको मतदान स्थलको अनुगमन थालेका हौं,’ प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘निर्वाचनको चहलपहल सुरु भइसकेको हुँदा जिल्ला सुरक्षा समितिले अति संवेदनशील मानिएको मतदान स्थल र मतदान केन्द्रको अनुगमन थालिएको हो। आइतबार मात्रै ३६ मतदान स्थलको निरीक्षण गरेका छौं।’
जहदाको १२ र धनपालथानमा गाउँपालिकामा १३, विराटनगर महानगरपालिकाको २, कटहरी गाउँपालिकाको १ र रंगेली नगरपालिकाको ८ वटा मतदानस्थलको अनुगमन गरिएको छ। ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा समितिले स्थलगत अनुगमन गर्न थालेको हो,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्तिपूर्ण र भयरहित निर्वाचन गराउनका लागि मतदान स्थलमा देखिने समस्या समाधान गर्दै अघि बढ्ने छौं।’ बुढीगंगा र ग्रामथान गाउँपालिका तथा सुन्दरहरैँचा नगरपालिकाको ३९ सहित अहिलेसम्म जिल्लाको ७५ वटा मतदानस्थलको अनुगमन भइसकेको छ। मोरङमा ३ सय मतदानस्थल र ८ सय २० वटा मतदान केन्द्र रहेका छन्।
जिल्ला सुरक्षा समितिले अनुगमनका क्रममा मतदानस्थलमा पूर्वाधारको अवस्था, खानेपानीको सुविधा, सञ्चारको उपलब्धता र सुरक्षा वस्तुस्थिति लगायतका बारेमा जानकारी लिएको छ। निर्वाचनमा कुनै पनि कमजोरी हुन नदिने र सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना तथा अवस्थालाई मध्यनजर गर्दै मतदानस्थलमा शान्ति सुरक्षाको व्यवस्था मिलाइने छ। कम्पाउण्डवाल र घेराबेरा नगरिएका तथा सुधार गर्नुपर्ने मतदानस्थलको व्यवस्थापन सम्बन्धित पालिकामार्फत गराइने अनुगमन समितिले जनाएको छ।