मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।
अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिँदै भोलि बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि सम्पन्न हुनेछ। जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लागेको छ।
दिउँसैदेखि घरबाट पूजाको सामग्री पोखरीको घाटमा जम्मा गरी उनीहरू सूर्य अस्ताउने प्रतीक्षामा छन्। चैती छठ चार दिनसम्म मनाइने गरिन्छ। पर्वको पहिलो दिन नुहाइ चोखो खाना खाएर पर्व सुरु गरिन्छ। पञ्चमीका दिन खरना पर्व मनाइन्छ।
सूर्य अस्ताउनु भन्दा पहिलेदेखिनै व्रतालुहरु पोखरीमा प्रवेश गरी खष्ठीमाताको पूजा गर्दै सूर्य देवलाई अर्घ्य दिइन्छ। अर्घ्यमा विभिन्न प्रकारका फलफूल चढाउने परम्परा छ। सन्ध्या अर्घ्यपछि रातभरि व्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको सम्पन्न गरिन्छ।
धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।
नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
आज बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
यसअघि यादव नेतृत्वको गठबन्धन सरकारलाई समर्थन दिँदै आएको एमाले विश्वासको मत नदिने संसदीय दलको बैठकबाट निर्णय भएको दलका नेता सरोज यादवले जानकारी दिए।
जसपा नेतृत्वको सरकारमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्।
मधेसमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, काँग्रेसका २२ र जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ एकीकृत समाजवादीका ७ र लोसपाका ९ सांसद छन्।
अहिले जसपा नेतृत्वको सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...