नेपालगन्ज विमानस्थलमा जहाजसँग खरायो ठोक्किएको छ। काठमाण्डौंबाट नेपालगन्ज आएको बुद्ध एयरको एक जहाज अवतरण गर्ने क्रममा खरायो ठोक्किएको हो।
नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख सुवास झाका अनुसार सोमबार राती करिव पौने ८ बजेतिर खरायो ठोक्किएको थियो। ‘राती पौने ८ बजेतिर बुद्ध एयरको जहाजसँग खरायो ठोक्कियो, तर हामीले तत्कालै धावनमार्ग सफा गरेर उडान सुचारु गरिहाल्यौं,’ उनले भने। जहाजमा ठोक्किएको खरायो मरेको र जहाजमा अन्य कुनैपनि क्षति नभएको झाले बताए।
जहाजमा खरायो ठोक्किएपछि केहीबेर सम्म विमानस्थलमा उडान रोकिएको थियो। नेपालगन्ज विमानस्थलमा पटक–पटक जहाजमा बँदेल, स्याल, खरायो, दुम्सी जस्ता वन्यजन्तु ठोक्किने गरेका छन्। विमानस्थल परिसरमा झाडी तथा बुट्यान फैलिदाँ यसअघि बारम्बार घटना दोहोरिने गरेको थियो। झाडी र बुट्यान अहिले सफा गरिएका कारण घटना कम भएको झाले बताए। ‘अहिले झाडी र बुट्यान छैन, त्यसकारण घटना पनि कम भएको छ,’ उनले भने।