जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलामका पूर्वइन्चार्ज पुष्प कोइरालालाई विध्वंसात्मक कार्य गरेको मुद्दामा कसुरदार ठहर गरेको छ। अदालतले उनलाई थुनामा राख्न आदेशसमेत दिएको छ।
अदालतबाट कसुरदार ठहरिएका कोइरालालाई सजाय फैसला हुन भने बाँकी नै रहेको अदालतले जनाएको छ। फागुन ३० को फैसलाले कोइरालालाई विध्वंसात्मक कार्य गरेको मुद्दामा कसुरदार ठहर गरेको हो। त्यही मुद्दाका प्रतिवादीहरू गोपी बस्नेत, दीपेश राई र अमर राईले सफाइ पाएको तर कोइराला कसुरदार ठहरिएको अदालतका स्रेस्तेदार फणीन्द्र भट्टराईले जानकारी दिए। पार्टीका जिल्ला सदस्य गोपी इलामको फाकफोकथुम गाउँपालिका, दीपेश सन्दकपुर गाउँपालिका र अमर माई नगरका बासिन्दा हुन्।
‘फागुन ३० को फैसलामा कोइरालालाई चाहिँ थुनामा राख्ने आदेश थियो,’ स्रेस्तेदार भट्टराईले भने, ‘तर, उनी पहिला तारेख गुजारी बसेको र निवेदन लिएर चैत २० मा अदालत हाजिर भएकाले उनलाई आदेशअनुसार थुनामा पठाइएको छ।’ कोइरालालाई हुने सजायबारे सोमबार फैसला हुने स्रेस्तेदार भट्टराईले जानकारी दिए।
कोइराला २०७७ वैशाख २२ मा पक्राउ परी गत असोज १६ मा ५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए। प्रहरीका अनुसार उनी विष्फोटक पदार्थसहित इलामको चिसापानीबाट पक्राउ परेका थिए।
पार्टीका जिल्ला सदस्य तथा इलाम नगर इन्चार्ज विमल आचार्यले सरकारले झुटा मुद्दा लगाएर आफ्ना नेता–कार्यकर्तालाई फसाइरहेको बताए। ‘सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमतिको भावनविपरीत नेता–कार्यकर्तालाई नियन्त्रण गरिनु दुःखद् छ,’ उनले भने, ‘तीन बुँदे सहमति पालना हुनुपर्छ भन्ने हाम्रो माग छ।’