विराटनगर–४ मा मृत अवस्थामा फेला परेका नोबेल शिक्षण अस्पतालका चिकित्सकको शव पोस्टमार्टका लागि धरान लगिएको छ।
अस्पतालका चिकित्सक विजय यादव उनकै डेरा बसेको घरको कम्पाउन्डभित्र शनिबार बिहान मृत अवस्था फेला परेका थिए। शवको पोस्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार परिवारका सदस्य र आफन्तले आग्रहमा कोसी अस्पतालबाट आज (आइतबार) शव धरान लगिएको हो।
कोसी अस्पतालमा फरेन्सिक चिकित्सक उपलब्ध हुन नसक्दा शनिबार यहाँ पोस्टमार्टम हुन नसकेको हो। सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर–४ स्थित डेरा गरी बस्दै आएका थिए। घटना शंकास्पद रहेको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाबारे केही कुरा खुल्ने र अहिले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
'घटनाको प्रकृति हेर्दा बाहिरी चोटपटक नदेखिए पनि भित्री चोट हुन सक्छ। त्यसका लागि पोस्टमार्टमको रिपोर्ट नै पर्खनु पर्छ,' एक प्रहरीले भने, ‘तर, अहिले हामी छुट्टै तरिकाबाट घटनाको अनुसन्धान गरिरहेका छौं र शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं।’ परिवार र आफन्तहरुले डाक्टर यादवलाई हत्या गरेको दाबी गरेर घटनाको निष्पक्ष छानबिन गर्न प्रहरीसँग अग्रह गरेका छन्।
नोबेल अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालको होडजोर्नी तथा नशा विभागका डाक्टर विजय यादवको मृत्यु घटनाको निष्पक्ष छानबिन हुनु पर्ने माग गरेको छ। अस्पतालका निर्देशक राजेश नेपालद्वारा जारी गरेको विज्ञप्तिमा डाक्टर यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्यतथ्य यथाशीघ्र पत्ता लगाउन माग गरेका छन्।