विराटनगर महानगरपालिका–५ मा एक जना निलम्बित प्रहरी जवान आफ्नै घर अगाडि झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेका प्रहरी जवान २६ वर्षीय जितविक्रम दाहाललाई आइतबार बिहान मृत अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। दाहाल घर अगाडि रहेको भोगटेको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला पारेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
गत पुसमा सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत रहँदा निलम्बनमा परेका थिए। महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा दाहालविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो। उनलाई अदालतले धरौटीमा छाडेपछि घरमै थिए।
पछिल्लो समय डिप्रेशनको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ। शवको कोसी अस्पतालमा पोस्टमार्टम गरिएको र घटनाका बारेमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।