आउँदो वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा उदयपुरमा झण्डै सवा २ लाख मतदाता हुने भएका छन्। चार नगरपालिका तथा चार गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको चौदण्डीगढीमा मतदानस्थल ९८ र मतदान केन्द्र २ सय ५८ रहने जिल्ला निर्वाचन कार्यालय, उदयपुरले जनाएको छ।
निर्वाचन अधिकारी खेमराज कोईरालाका अनुसार ०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुरा भएर बालिग मताधिकार प्रयोग गर्न पाउनेको संख्या २ लाख २३ हजार १ सय ३८ पुग्नेछ। कोईरालाले उदयपुरमा महिलाभन्दा बढी पुरुष मतदाता रहेको बताए। जसअनुसार महिला १ लाख १० हजार २ सय ५१ रहदा पुरुष मतदाताको संख्या १ लाख १२ हजार ८ सय ८५ छ।
तेस्रो लिङ्गी (अन्य) मतदाता पनि २ जना रहेको उनले बताए। सबैभन्दा बढी मतदाता सदरमुकाम त्रियुगा नगरपालिकामा छन्। त्रियुगामा २९ हजार ६ सय ९३ महिला र ३० हजार ३ सय ५१ पुरुष तथा २ अन्य गरी ६० हजार ४६ मतदाता रहेका छन्। त्रियुगामा २५ मतदानस्थल र ७० मतदान केन्द्र तोकिएको छ।
दोस्रो धेरै मतदाता चौदण्डीगढी नगरपालिकामा छन्। चौदण्डीगढीमा ३८ हजार ४ सय ९४ मतदाता छन्। १८ हजार ८ सय ८३ महिला र १९ हजार ६ सय ११ पुरुष मतदाता रहेको चौदण्डीगढीमा १६ मतदातस्थल र ४६ मतदान केन्द्र रहने निर्वाचन कार्यालयको भनाइ छ।
कटारी नगरपालिका तेस्रो धेरै मतदाता रहेको स्थानीयतह हो। त्यहाँ १८ हजार ८ सय ५८ महिला र १८ हजार ५ सय ८८ पुरुष गरी ३८ हजार ६ सय ११ मतदाता छन्। कटारीमा १५ मतदानस्थल र ४३ मतदान केन्द्र रहनेछ। कान्छो नगरपालिका बेलकामा २३ हजार ६ जना मतदाता छन्। १६ हजार ६ सय ९६ महिला र १६ हजार ३ सय १० पुरुष मतदाता रहेको बेलाकामा ९ मतदानस्थल र ३५ मतदान केन्द्र हुने निर्वाचन कार्यालयले जनाएको छ।
गाउँपालिकातर्फ लिमचुङबुङमा ४ हजार ४ सय १५ महिला र ४ हजार ७९ पुरुष गरी ८ हजार ४ सय ९४ मतदाता छन्। त्यहाँ ७ वटा मतदानस्थल र १२ मतदान केन्द्र रहने बताइएको छ। पाँच हजार १ सय ८ महिला र ४ हजार ८ सय २३ पुरुष गरी जम्मा ९ हजार ९ सय ३१ म्तदाता रहेको ताप्ली गाउँपालिकामा मतदानस्थल ७ र मतदान केन्द्र १२ रहने जनाइएको छ।
त्यसैगरी रौतामाई गाउँपालिकामा ७ हजार ५ सय ८५ महिला तथा ६ हजार ८ सय ८४ पुरुष मतदाता रहेका छन्। त्यहाँ ८ वटा मतदानस्थल र १७ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ। गाउँपालिकातर्फ सबैभन्दा बढी मतदाता उदयपुरगढीमा २० हजार २ सय ५२ रहेका छन्। ११ मतदानस्थल र २६ मतदान केन्द्र रहने उदयपुरढीमा महिला १० हजार ६ सय ४७ तथा पुरुष ९ हजार ६ सय ५ मतदाता रहेका छन्।