हिन्दुराष्ट्र नेपाल र नेपालीको पहिचान भएकाले हिन्दु राष्ट्र स्थापनाका लागि एक जुट हुन हिन्दुराष्ट्र जागरण अभियानका अभियन्ताहरूले आह्वान गरेका छन्। शनिबार विराटनगरमा आयोजित हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठीमा अभियन्ताहरूले यस्तो आह्वान गरेका हुन्।
विभिन्न देशी विदेशि शक्तिहरूको चंगुलमा परेर नेताहरूले हिन्दु राष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको कार्यक्रमका वक्ताहरूको आरोप छ। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख बाबुराम कुँवरले षड्यन्त्रपूर्वक संविधानसभाबाट हिन्दु राष्ट्रहटाएर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको बताए। उनले महान्यायधिवक्ताको हैसियतले आफूले पनि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न नहुने सझाव दिएको जिकिर गरे। ‘मैले सुझाव दिने अवसर पाएको विभिन्न समितिहरूको बैठकमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन नहुने सुझाव दिएको थिए,’ उनले भने, ‘तर, पछि विभिन्न खाले चलखेल भएर संविधानमा हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्ष राष्ट्र लेखिएछ।’
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले नेताहरूले जनताले समानताको अधिकार, गाँस, बाँस कपास माग्दा नदिएको तर, माग्दै नमागेको धर्मनिरपेक्ष राष्ट्र दिएको बताए। सनातन हिन्दु धर्म मासेर धर्मनिरपेक्ष राष्ट्र बनाउनुपर्ने माग जनस्तरबाट नभएको तर, नेताहरूले सडकबाट आवाजै नउठेको विषयलाई संविधानमा राखिदिएको उनको आरोप छ। ‘संविधान निर्माणका वेला धर्म निरपेक्षका विषयमा कहिं कतै जुलुस, सभा र सडकमा माग राखेको सुनिएन,’ उनले भने, ‘तर, संविधानमा जनताले मागै नगरेको धर्मनिरपेक्ष राष्ट्र राखिएछ।’
कार्यक्रममा हिन्दुजागरण अभियानका अभियन्ता डा भेषप्रसाद धमला, आदिवासी जनजाति आश्रमका प्रेम थुलुङलगायतले नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन जागरण अभियान आवश्यक रहेको बताए।