मोरङको लेटाङमा चैत ६ गतेदेखि लगाइएको कर्फ्यू आदेश चैत १० गते देखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार प्रेस विज्ञप्ति जारी लेटाङमा चैत ६ गतेदेखि लगाइएको कर्फ्यू आदेश चैत १० गते विहान ६ बजेदेखि हटाइएको जनाएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी काँसीराज दाहाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयका शिक्षक मनोज पौडेलले होली खेल्ने निहुँमा छात्राको घरमै गएर यौन दुव्र्यवहारको प्रयास गरेको घटना पछि उत्पन्न परिस्थिति पछि कर्फ्यूआदेश जारी गरिएको थियो। छात्रालाई यौन दुव्र्यवहारको घटना पछि विद्यार्थी, अभिभावक र स्थानिय आक्रोशित हुँदा प्रहरीसँग झडप भएको थियो।
विद्यार्थी र अभिाभावको भीडमा अराजक समूहसमेत प्रवेश गरी विद्यालय तोडफोड गर्नुकासाथै महिला प्रहरीलाई धारिलो हतियारले आक्रमण गरेका थिए। घाँटीमा धारिलो हतियार प्राहार गरिएपछि घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटामै मृत्यु भएको थियो।
यसैबीच लेटाङ घटनाको विषयमा छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयका एस्एस्पी राजेन्द्रकुमार चौधरीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ। केन्द्रिय अनुसन्धान व्यूरो, प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङका अधिकृतहरू रहेको प्रदेश १ प्रहरी कार्यालयका प्रबक्ता नविन राईले बताए।