लेटाङमा कर्फ्यू जारीः थामिएन स्थानीयको आक्रोश
०७ चैत्र २०७८
•
६ मिनेट पाठ
लेटाङमा कर्फ्यू जारीः थामिएन स्थानीयको आक्रोश
गत शुक्रबार होलीको दिन लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेल आफ्नै विद्यार्थीको घरमा पुग्छन्। निमावि तहको सामाजिक शिक्षक सोही विद्यालयको कक्षा–६ मा अध्यननरत १२ वर्षीया बालिकाको घर पुगेर पिउनका लागि पानी माग्छन्।  




बालिका पानी लिएर आएपछि घरमा कोही पनि नभएको मौका छोप्दै यौन दुर्व्यवहार गर्न थालेपछि उनले प्रतिकार गर्दै चिच्याएपछि पौडेल भागे। आइतबार शिक्षक र बालिका विद्यालय आए। बालिकाले शिक्षकलाई देखेपछि अरु साथीलाई शिक्षक पौडेलले यौन दुर्व्यवहार गरेको सुनाइन्। साथीहरुले कुरा थाहा पाएपछि सबै मिलेर प्रधानाध्यपकलाई शिक्षकविरुद्ध निवेदन दिए। निवेदन परेपछि उपमेयर, वडाध्यक्ष, अभिभावकलगायतको बैठक बसी छलफल गरिएको थियो।

छलफलका क्रममा विवाद बढ्ने अवस्था देखिएपछि वडा नम्बर–५ वडाध्यक्ष तथा स्कुल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको भुम सूर्य मगरले फोन गरेर प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेपछि यौन दुर्व्यवहारका आरोपितलाई संरक्षण गर्ने आशंकामा स्थानीयले पौडेललाई पक्राउ दिएनन्। आरोपितविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले पौडेललाई विद्यालयको एउटा कोठामा सुरक्षा दिएर राखेको थियो।

तर, विद्यार्थी र स्थानीयहरुले थप आक्रोशित हुँदै विद्यालय नै तोडफोड गर्न थालेका थिए। उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरे। शिक्षकलाई मार्ने भन्दै विद्यार्थीले धावा बोलेपछि दिनभर शिक्षक पौडेललाई प्रहरीको घेराबन्दीमा हालेर विद्यालयभित्रै संरक्षण दिइएको थियो।  

प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर घाइते विद्यार्थी प्रहरी र शिक्षकलाई उद्धारको प्रयास गरेको थियो। तर, छिमेकी विद्यालयका विद्यार्थी र अभिभावकसमेत भेला भएर शिक्षक पौडेलविरुद्ध नाराबाजी गर्दै विद्यार्थीले एम्बुलेन्समाथि पनि ढुंगामुडा गरेपछि प्रहरीले १५ राउण्ड बढी अश्रुग्यास प्रहार गर्‍यो। साँझमा पौडेललाई प्रहरीले लिएर जान लागेपछि स्थानीयले रोक्ने क्रममा दुई पक्षीय भिडन्त भएको थियो। अँध्यारोमा एक्कासी आएको एउटा समूहले विद्यालयको गेट नजिक पुगेका प्रहरीलाई सबैतिरबाट आक्रमण गर्न थाले।  

प्रहरीका अनुसार आक्रमण गर्न आएको ठूलो समूहले प्रहरीको सानो समूहमाथि घरेलु हतियार, ढुंगामुडा र लठ्ठीलगायतले जथाभावी आक्रमण गरे। आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो भने २९ जना प्रहरी घाइते भए। आक्रमणकारीतर्फ ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घाइते प्रहरीको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ भने आन्दोलनकारी लेटाङ–८ का २४ वर्षीय मिलन खड्काको घाँटीमुनि गोली लागेको छ। उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। यसअघि पनि दुई पटक किशोरीमाथि यौन दुर्व्यवहारको प्रयास गरेका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुनः यस्ता घटना नदोहोर्‍याउन चेतावनी दिइएको थियो। 

लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको दोहोरो भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आइतबार लेटाङमा भएको घटनापछि सोमबार बिहानदेखि लेटाङमा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यू लागू लगाइएको छ। कर्फ्यूपछि घटनास्थलको अवस्था सामान्य रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेलले बताए। उनका अनुसार अनिश्चितका लागि लगाइएको कर्फ्यू मंगलबार बैठक बसेर यसको अवधि बढाउने वा नबढाउने निर्णय गरिने छ।  

यसैबीच घटनामा संलग्न भएको आशंकामा सोमबार बिहान ८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने कर्फ्यू उल्लंघन आरोपमा १२ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले बताए।  

घटनामा ज्यान गुमाएकी २६ वर्षीया उर्मिला श्रेष्ठको आइतबार राति उपचार गर्न ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उनको शव कोसी अस्पतालमा पोष्टमार्टमपछि घरपरिवारलाई जिम्मा दिइएको छ।

काे हुन् मृतक महिला प्रहरी उर्मिला श्रेष्ठ?

खोटाङको बाह्रपोखरी–४ मा जन्मिएकी उर्मिला श्रेष्ठ २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन्। उनका बाबु कुमार र आमा सीतामाया श्रेष्ठ हुन्। उर्मिलाका श्रीमान इलाममा प्रहरी जवानमै कार्यरत छन्। दाजु भुवन श्रेष्ठ विराटनगरमै प्रहरी सहायक निरीक्षक छन्। प्रहरीको तालिमपछि उनी गणमा कार्यरत थिइन्।  

उनको विवाह २०७८ वैशाख १९ गते भएको थियो। श्रीमान पनि प्रहरीमै जागिर भएकाले प्रहरी निमावलीले पनि श्रीमान श्रीमतीलाई एकै ठाउँमा राख्ने व्यवस्था गरेको छ। श्रीमान इलाममा कार्यरत भएको र आफू पनि त्यही जाने भनेर कार्यालयमा भनिरहेको तर आसन्न निर्वाचनका कारण निर्वाचनपछि मात्रै सरुवा गर्न तयारी थियो। तर, उनले श्रीमानसँगै बस्ने सपना पूरा गर्न नपाउँदै जनताको सेवामा खटिरहँदा ज्यान गुमाउनु पर्‍यो।  

भीडको आक्रमणबाट बाच्न सफल उर्मिलाकी सहकर्मीका अनुसार दिनभरीको घम्साघम्सीका कारण थाकेका प्रहरीमाथि एक्कासी आक्रमण हुँदा बच्न निक्कै मुस्किल भएको थियो। साँझ प्रहरीतर्फ भीड अघि बढेर आक्रमण गर्न थालेपछि ज्यान जोगाउन सबै तिरबितर भए। उर्मिलाको हात समातेर भीडबाट निकाल्ने प्रयास गर्दागर्दै उनलाई तानेर भीडतर्फ नै लगे।  

अर्की महिला प्रहरी जवान मनिता राई पनि विद्यालय नजिकको एक शौचालयमा करिब ३ घण्टा लुकेर बाच्न सफल भइन्। उनी शौचालयमा लुकेर बस्न पाएपछि बाच्न सफल भएको एक प्रहरी अधिकृतले बताए।  

घटनामा घाइते भएका प्रहरी जवान दिनेश रायले घटनास्थल पुग्दा रात परिसकेकाले हामी स्कुलभित्र पस्नुअघि मोटरसाइकल जलाएको ठाउँ मात्रै उज्यालो थियो। अरु सबै ठाउँ अन्धकार थियो। प्रहरीले गेटको ताला फोड्न थालेपछि एउटा समूहले ढुंगामुढा निरन्तर गर्न थाल्यो। ‘हाम्रो संख्या थोरै थियो। उनीहरुको संख्या धेरै थियो। त्यो अँध्यारोमा हामीलाई कहाँबाट हिर्काउँदै थिए। थाहा नै भएन। यसरी ढुंगामुढा गर्दा टाउको, जिउ, खुट्टाहरुमा लठ्ठी, पछाडी ढुंगाले लाग्यो। हेल्मेट पनि फुट्यो। १/२ जना बाहेक सबै प्रहरी घाइते भयौं,’ उनले भने।

यसैबीच सोमबार मोरङको सुन्दरहैँचा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सुरक्षा माग्दै ज्ञापनपत्र बुझाएका छन्। प्रहरीको संख्या कम भएको, यातायातको साधनको अभाव हुँदा शान्ती सुरक्षा कायाम गर्न समस्या भएको भन्दै नगर प्रमुख राईले समस्या समाधानका लागि प्रधामन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन्।  

यसैगरी लेटाङमै एक महिनाअघि पनि विद्यालयबाट फर्कंदै गरेकी छात्राको बलात्कारपछि हत्या भएको थियो। मोरङमा विद्यालयका छात्रा तथा बालिकामाथि यौन दुर्व्यवहार, बलात्कार र हत्याका घटना दोहोरिन थालेपछि आक्रोशित भएका स्थानीयले प्रहरी प्रशासनविरुद्ध नै उत्रन थालेको छ। आइतबार मोरङको लेटाङमा यौन दुर्व्यवहार प्रयास घटनामा संलग्न शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भयो।  

यौन दुर्व्यवहारका घटना स्थानीय मेलमिलाप गराइने र त्यस्ता घटनामा संलग्न पक्राउ परे पनि कारबाही नहुने आम बुझाइका कारण सुरक्षामा खटिएका प्रहरीहरुमामाथि नै आइलाग्ने अवस्था सिर्जना भएको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२४ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस