प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेशसभाले निर्माण गरेको कानुन कार्यान्वयनको अवस्थाबारे मोरङको रतुवामाई नगरपालिकामा अनुगमन तथा अन्तर्क्रिया गरेको छ। आइतबार प्रदेश १ को प्रदेश सभा सचिवालयले मोरङको रतुवामाइमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले निर्माण गरेका कानुन कार्यान्वयनको अवस्था र स्थानीय तहले निर्माण गरेका कानुनको अवस्थाबारे जानकारी लिएको हो।
रतुवामाई नगरपालिका स्थित दुर्गापुरीमा आयोजित कार्यक्रममा प्रदेश १ प्रदेशसभाका सचिव गोपाल पराजुलीले प्रदेशसभाले निर्माण गरेका कानुनबारे जानकारी दिने, कानुन कार्यान्वयनको अवस्था अनुगमन गर्ने र स्थानीयतहले निर्माण गरेका कानुनबारे जानकारी लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले स्थानीय तहसँगको अन्तरसम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे।
उनले मोरङको जहदाबाट सुरू गरेको कार्यक्रम कोरोनाका कारण रोकिए पनि मोरङको कटहरी र रतुवामाइमा आयोजना गर्न सफल भएको बताए। कार्यक्रममा प्रदेशसभा सचिवालयका लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईले प्रदेशसभाले जनताको पक्षमा कानुन निर्माण गरेको दाबी गरे । उनले हतारमा नभई प्रयाप्त छलफल गरेर प्रदेस तथा स्थानीय तहले कानुन निर्माण गर्नुपर्ने धारणा राखे। उनले भने,‘कानुन निर्माण गर्दा जनताको हितलाई ध्यानमा राखेर निर्माण गर्नुपर्छ।’
उनले सरकारलाई आफ्नो आम्दानीले साधारण खर्च पनि धान्न गाह्रो भइरहेको बताए। उनले संघ सरकारको १४ खर्ब मध्ये १० खर्ब बजेट साधारण खर्चमा लागेको र ४ खर्ब बजेट पनि विदेशी अनुदान तथा ऋणमा मात्रै भर पर्नुपर्ने अवस्था रहेको बताए। संघको मात्रै हैन प्रदेश सरकारको अवस्था पनि उस्तै रहेको उनले बताए। गनगाईका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १६ अर्बको आयोजनाहरूको टेन्डर गरेको तर, सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका आयोजनाहरूमा ६ अर्ब मात्रै बजेट पठाएको बताए। आयोजनाको ठेक्का लगाउन अघिल्ला सरकारले हतार गर्दा पुरानै आयोजना कार्यान्वयन गाह्रो भएकाले नयाँ काम गर्ने अवस्था नै नरहेको गनगाईले स्पष्ट पारे।
रतुवामाई नगरपालिकाका मेयर रविन राईले संघ र प्रदेश सरकारले कानुन नबनाउँदा स्थानीय तहमा काम गर्न गाह्रो भइरहेको बताए। उनले संघ र प्रदेश सरकारले शिक्षा ऐन निर्माण नगर्दा स्थानीय तहलाई शिक्षा क्षेत्रमा काम गर्न गाह्रो भएको र शिक्षा क्षेत्र अस्तव्यस्त भइरहेको गुनासो गरे।
कार्यक्रममा रतुवामाई नगरपालिकाकी उपप्रमुख दामन्तादेवी चुँडालले माथिल्लो तहका सरकारले समयमै कानुन निर्माण नगरेका कारण स्थानीय तहलाई न्याय सम्पादनमा पनि समस्या भएको बताइन्। कार्यक्रममा प्रदेश सभामा उपसचिव चन्द्रमणि पोखरेल, रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साल र प्रदेशसभा सचिव गोपाल पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए।