विराटनगर कार्यक्षेत्र बनाएर पत्रकारित गर्दै आएका पत्रकार अभयकुमार राई पुरस्कृत भएका छन्। बुधबार मोरङको झोराहाटस्थित सरस्वती माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा नारदमुनी पवित्रादेवी लुईटेल स्मृत्तीकोषले झीलकुमारी स्मृत्ती पत्रकारिता पुरस्कारबाट राईलाई पुरस्कृत गरेको हो।
राईलाई मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडा, संघका अध्यक्ष नविन रिजाललगायतले नगद ११ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मानित गरेका थिए। कार्यक्रममा विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरू र खेलाडी विद्यार्थीहरूलाई छात्रबृत्ती प्रदान गरिएको थियो। कार्यक्रममा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडा, अध्यक्ष नविन रिजाल र पूर्व अध्यक्ष महेश जाजूलाई पनि सम्मानित गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले सामुदायिक विद्यालयहरू पनि विगतको तुलनामा निक्कै अब्बल बन्दै गएको बताए। उनले दक्ष शिक्षकहरूसमेत सामुदायिक विद्यालयमा आकर्षित हुनथालेको धारणा राखे।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बालबालिका भविश्यका कर्णधार भएकाले उनिहरूको सर्वाङ्गिण विकासका लागि परिवार, विद्यालय र समाजले ध्यान दिनुपर्ने धारणा राखे। नारदमुनी पवित्रादेवी लुईटेल स्मृत्तीकोषका संरक्षक छत्रपति लुईटेलले विद्यार्थीहरूलाई पठन–पाठनमा हौसला पुर्याउने उद्देश्यले कोषले हरेक वर्ष विद्यार्थीहरूलाई छात्रबृत्ती प्रदान गर्दै आएको बताए।