व्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका मोरङका उद्योगी व्यवसायीलाई नेपाल राष्ट्रबैंक विराटनगर शाखाका कर्मचारीले हेपेको उद्योगी व्यवसायीले गुनासो गरेका छन्। ज्ञापनपत्र बुझाउन गएका मोरङ व्यापार संघको टोलिलाई कार्यालय प्रवेशमै रोक लगाएर कर्मचारीहरूले हेपाहा व्यवहार गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।
नेपाल राष्ट्रबैंक विराटनगर कार्यालयकी निर्देशक मिना पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै। संस्थागत निक्षपको व्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन जाँदासमेत ज्ञापनपत्र बुझ्नुको साटो गेटबाटै प्रबेश नदिएर उद्योगी व्यवसायी प्रति कर्मचारीले हेपाहा व्यवहार देखाएको रिजालले भनाई छ। उनले भने, ‘जाहेज माग राखेर गएका उद्योगी व्यवसायीको ज्ञापनपत्रसमेत बुझ्न नमान्नु, गेटबाटै भित्र छिर्न नदिएको घटनाले उद्योगी व्यवसायी प्रति कर्मचारीको दृष्टिकोण स्पष्ट पारेको छ।’ मोरङ व्यपार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले नेपाल राष्ट्रबैंक शाखा कार्यालय विराटनगरका कर्मचारीले ज्ञापनपत्र समेत बुझ्न नमान्नु विडम्बना भएको बताए। उनले ज्ञापनपत्र बुझन् नमानेपछि आफूहरूले गेटमै धर्ना दिएको बताए।
उद्योगी महेश जाजुले ज्ञापनपत्र बुझाउन गएको मोरङ व्यापार संघको टोलिलाई अवरोध गरेपछि उद्योगी व्यवसायीले गेटमा नारावाजी गर्दै धर्ना दिनुपरेको बताए। कर्मचारीहरूले उद्योगी व्यवसायीलाई हेप्ने प्रबृत्ती ज्ञापनपत्र बुझाउन जाँदासमेत देखाएको गुनासो गरे। उद्योगी व्यवसायीहरूले गेटमा नाराबाजी गर्दै धर्नामा बसेपछि नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयकी प्रमुख मिना पाण्डेले गेटमै आएर ज्ञापनपत्र बुझेकी थिइन्। ज्ञापनपत्र बुझ्दै उनले राष्ट्रबैंकको ढुकुटी भएकाले प्लेकार्डसहित कार्यालयभित्र प्रवेश गर्न नपाइने बताइन्।
उनले भनिन्, ‘राष्ट्रबैंकको विराटनगर स्थित कार्यालय ढुकुटी भएकाले प्लेकार्डहित भित्र प्रवेश गर्न पाइदैन, त्यहि भएर तपाईहरूलाई रोकेका हौं।’ केहि प्रतिनिधिहरू मात्रै ज्ञापनपत्र बुझाउन आउने भन्दा पनि किन प्रवेश नदिएको भन्ने उद्योगी व्यवसायीको प्रश्नमा भने उनले कुनै जवाफ दिइनन्। संस्थागत निक्षेपको व्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने एक सुत्रिए मागअघि सार्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायी आन्दोलित भएका छन्। उनिहरूले हातमा कालोपट्टी बाँधेर विरोध र विभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै आएका छन्। सोमबार मोरङका सहायम प्रमुख जिल्ला अधिकारीलाई उद्योगी व्यवसायीले ज्ञापनपत्र बुझाएका थिए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...