खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली
२९ फागुन २०७८
•
३ मिनेट पाठ
खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली
रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।




दसैंलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन लागेपछि घर फर्कन थालेका हुन्। ‘घरमै बसौं, रोजगारीका अवसर छैनन्। बेरोजगार भएर नांगो परिवारलाई टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन,’ स्थानीय बिर्खबहादुर बुढाले भने, ‘कालापहाड रहर होइन, बाध्यता हो।’

हिउँदको सिजनमा खेतीपातीका लागि कुनै काम हुँदैन। बालीनाली लगाउन फागुनमा उनीहरू फर्कने गर्छन्। घर फर्कंदा सीमा नाकामा निकै सास्ती खेप्नुपरेको गुनासो उनीहरूको छ। जुम्लाका एक नगरपालिका र सातवटै गाउँपालिकाबाट युवा जनशक्ति कालापहाड जाने गरेका छन्।

बिर्खबहादुरले भने, ‘कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने गरिन्छ। भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिने गरेका छन्।’ कर्णालीबाट बर्सेनि हजारौं युवा कालापहाड यात्रामा जाने गरेका छन्। ‘अर्काको देशमा काम गर्दाको पीडा त छँदैछ,’ सिँजा गाउँपालिका–६ का नरबहादुर बुढाले भने, ‘हरेक वर्ष सिमानामा निकै सास्ती हुने गरेको छ। 

कालापहाडमा चार महिना लगाएर कमाएको रकम सीमा नाकामा रहेका भारतीय सुरक्षाकर्मीले डरधम्की दिएर असुल्ने गरेका छन्।’ घर पुगिन्छ भनेर खुसी मुद्रामा फर्केका नेपालीले सिमानामा सास्ती बेहोर्नुपरिरहेको दुखेसो गरेका छन्।

प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्ने कुरा भाषणमै सीमित छ। नरबहादुरले भने, ‘सरकार आश्वासन मात्र दिन्छ, रोजगारी दिँदैन। बाटोमा आफ्ना नागरिक लुटिँदा हेरेर बस्छ।’

कालापहाडबाट फर्किनेलाई अटोरिक्सावालाले पनि दोब्बर भाडा असुलेर ठग्छन्। ‘बर्सेनि कालापहाड जान्छौं, ज्याला मजदुरी गर्छौं। कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छौं। तर पनि सुखशान्तिपूर्वक बस्न पाउँदैनौं,’ भारतबाट फर्किंदै गरेका हरि रावतले भने, ‘घरमा बसेर खानाखर्च र लुगाफाटो फेर्न सकिँदैन।

बाध्यताले कालापहाड हानिन्छौं। घरमा हिउँदको महिना खाली बस्नुभन्दा कालापहाडमा गएर काम गरेर रुपैयाँ कमाएपछि परिवारको लुगाफाटो फेर्न सकिने अवस्था रहन्छ। ’कालापहाड गएका कर्णालीवासी फर्किन थालेपछि कर्णाली राजमार्गमा चल्ने सवारीलाई यात्रु बोक्न भ्याइनभ्याइ छ। सुनसान गाउँमा अहिले चमक देखिएको छ।' 

कालापहाडमा मजदुरी गर्दा निकै कष्ट हुने गरेको छ। कुनै पनि स्थानीय सरकारले युवाको रोजगारीका लागि नयाँ कार्यक्रम ल्याएका छैनन्। व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्था फेरिएको छैन। यहाँबाट रोजगारीका लागि पुरुषहरू कालापहाड जान्छन् नै। त्योसँगै कतार, दुबई, मलेसिया लगायत मुलुकमा समेत यहाँबाट युवा रोजगारीका लागि जाने गरेका छन्।

गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश छन्। यहाँका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो। युवा जनशक्ति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बुढाबुढीमात्र छन्। गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामी जाने मान्छेसमेत भेटिँदैन।

अहिले संघीयता कार्यान्वयनपछि गाउँगाउँमा स्थानीय सरकार छन् तर स्थानीय सरकार पहुँचवालाका लागि मात्र छन्। न कुनै रोजगारीको अवसर सिर्जना गर्छन् न त जनमुखी कुनै कार्यक्रम ल्याउँछन्। चिल्ला गाडी चढ्नेदेखि व्यक्तिगत स्वार्थमा लिप्त छन्।
अर्को समाचार
डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
२१ चैत्र २०७९
•
२ मिनेट पाठ
डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध
बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो। 




यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुङ्गा चालक सुरेन्द्र चन्दले जानकारी दिए। पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरूमा डुङ्गा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ। 

गाउँपालिकाले ६६ हजार रुपैयाँमा ठेक्कामा डुङ्गा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उनको भनाइ छ। 

‘महाकालीमा डुङ्गा चलाएरै जीवनयापन गर्दै आएको थिए। गत वर्षदेखि एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिँदा रोजीरोटी नै बन्द भएको छ’, उनले भने। एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ। 
डुङ्गा निर्माणका लागि एक लाख बढी र अनुमतिका लागि ६६ हजार रुपैयाँ खर्च भएको उनले बताए। भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ। 

‘डुङ्गा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन। भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ’, उनले भने। हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। 
गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुङ्गा सञ्चालनमा छन्। उनले भने, ‘अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुङ्गा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ। तर समस्या समाधान हुन सकेको छैन।’ 

हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, ‘डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ।’ 

पिथौरागढका सुरक्षा अधिकारीसँग चार पाँच पटक डुङ्गा सञ्चालनमा रोक लगाएकोसम्बन्धी कुरा भएको र पत्राचारसमेत भएको प्रजिअ पन्थीले बताए। उनले भने, ‘पटक–पटक फोन र पत्राचार गर्दासमेत समस्या समाधान हुन सकेको छैन, अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ, त्यसमा पनि कुरा गर्छौँ।’
महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुङ्गामार्फत ओहोरदोहोर गर्ने गरेका छन्। भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन्। तर डुङ्गा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन्। पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन। जोखिमपूर्ण रूपमा डुङ्गाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन्। तल्लोस्वराड क्षेत्रमा डुङ्गा सञ्चालन हुने आठ वटा घाट छन्। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस